हार्दिक निमन्त्रणा !
बौद्ध धर्मावलम्बीहरूको महान चाड मन्जुश्री संवत २८६१ औ ( पुख्री) सोनाम ल्होछारको शुभ अवसरमा तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्टनले ल्होछार पुजाको भब्य आयोजना गर्न लागिरहेको छ । लामा गुरुज्यु छिरिङ शेर्पाको नेतृत्वमा लामा गुरुहरु पेमा लामा, काल्जाङ लामा र थुप्तेन लामाज्यूले विशेष गरि बौद् परम्परा अनुसार ग्याप्से पुजा, छोग, मोलाम र लुङ्दार प्रार्थना गर्नु हुनेछ ।
यस पुजा कार्यक्रमबाट हामी सबैले धार्मिक, सामाजिक, साँस्कृतिक, परम्परागत र अध्यात्मिक लाभ लिन सफल हवस् भन्ने आयोजकको मुख्य उदेश्य र कामना छ । यस पुनित अबसरमा सम्पूर्ण डीयमबी बासी बौद् अनुयायीहरु खास गरेर तपाइँ लगायत तपाईको परिवार र साथीभाईहरु सबैलाई कार्यक्रममा सहभागी भै दिनको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।
कार्यक्रम विवरण मिति:सन् २०२५ जनवरी २६ तारिख,आइतबार
समयः विहान ९:00 बजेदेखि दिउसोको ३:00 बजेसम्म
स्थान : Drikung Dharma Surya Center 5300 Ox Road, Fairfax VA 22030
भवदीय
तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्टन
कार्यकारी समिति
प्रतिक्रिया