ट्रम्पद्वारा कम्तिमा १ दर्जन वटा कार्यकारी आदेश जारी ,कम्तिमा ८० वटा जारी गर्ने र जनवरी ६ मा थुनिएका सबै मुक्त गर्ने

इनेप्लिज २०८१ माघ ८ गते ०:०१ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तिमा ८० वटा कार्यकारी आदेश जारी गर्ने आह्वान गर्दै कम्तिमा अहिलेलाई १ दर्जन भन्दा ज्यादामा हस्ताक्षर गरेका छन् । साथै जनवरी ६ मा थुनिएका सबै मुक्त गर्ने र माफी दिने बताए ।

उनले क्यापिटल वन एरिना रंगशालामा आफ्ना समर्थकहरूको अगाडि मञ्चमा सम्बोधन गरे पछि कार्यकारी आदेश हस्ताक्षर गरेका हुन् ।

उनले पूर्व राष्ट्रपति जो बाइडेन र पूर्व उपराष्ट्रपतिको पनि खिल्ली उडाए । समर्थकहरुलाई कमलालाई चिन्नु हुन्छ भनि व्यग्य गरे । उनले अहिले केही कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्नेछौं ,ट्रम्पले भने। म ओभल कार्यालयमा पुगे पछि अझ हस्ताक्षर गर्ने छु । मलाई ओभल कार्यालय मन पर्छ ,उनले भने ।

उनले अगाडी भने अघिल्लो प्रशासनका लगभग ८० विनाशकारी र कट्टरपन्थी कार्यकारी कार्यहरू रद्ध गर्ने बताए ।

प्रतिक्रिया