४७ औ राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो उद्घाटन सम्बोधनमा आफ्नो प्रशासनको कार्यसूची(एजेन्डा )लागू गर्न सुरु गर्न हस्ताक्षर गर्ने योजना बनाएका धेरै कार्यकारी आदेशहरू सूचीबद्ध गरे।
आज, म ऐतिहासिक कार्यकारी आदेशहरूको श्रृंखलामा हस्ताक्षर गर्नेछु। यी कार्यहरूद्वारा हामी अमेरिकाको पूर्ण पुनर्स्थापना र सामान्य ज्ञानको क्रान्ति सुरु गर्नेछौं, उनले भने ।
ट्रम्पले अमेरिकाको दक्षिणी सिमानामा राष्ट्रिय आपतकाल घोषणा गर्ने आफ्नो मनसाय रहेको पनि बताए।
“स्वतन्त्र अभिव्यक्तिमा प्रतिबन्ध लगाउन वर्षौं वर्षौंको अवैध र असंवैधानिक संघीय प्रयासहरू पछि, म सबै सरकारी सेन्सरशिप ( नियण्त्रण) तुरुन्तै रोक्न र अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता फिर्ता ल्याउन कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछु,” ट्रम्पले दावी गरे ।
राजनीतिक विपक्षीहरूलाई सताउन राज्यको विशाल शक्तिलाई फेरि कहिल्यै हतियार बनाइने छैन ,उनले भने।
प्रतिक्रिया