इजरायली हिरासतबाट रिहा गरिएका ९० प्यालेस्टिनी कैदीहरू पश्चिम किनारमा आइपुगे

इनेप्लिज २०८१ माघ ७ गते १३:२५ मा प्रकाशित

स्थानीय समय अनुसार बिहान १ बजेपछि इजरायली हिरासतबाट ९० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिएको छ । उनीहरुको आगमनमा पश्चिम किनारको बेइटुनियामा मानिसहरू अत्यन्तै उत्साह साथ पर्खिरहेका थिए भने त्यहाँ तनाव उच्च रहेको थियो।

घटनास्थलमा रहेका एबीसी न्यूजका पत्रकारहरूका अनुसार इजरायली सेनाले सडक खाली गर्न गाडी(कार) प्रयोग गर्दै अश्रुग्यास प्रयोग गरेको थियो।

इजरायली र हमास बीचको बन्धकहरु आदानप्रदान र युद्धविराम सम्झौताको एक भागको रूपमा पश्चिम किनारको रामल्लाहमा रहेको ओफर कारागारबाट कैदीहरूलाई रिहा गरिएको थियो।

कैदीहरू बिहान १:४२ बजे बेइटुनिया आइपुग्दा यात्रीयान (बस)हरूको माथि मानिसहरु झण्डा फहराउँदै र नारा लगाई रहेका थिए ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले एक विज्ञप्तिमा गाजाबाट मुक्त गरिएका तीन इजरायली बन्धकहरूलाई सङ्कलन गर्ने आइतबारको अभियान जटिल रहेको जनाएको छ ।

थप परिवारहरू आफ्ना प्रियजनहरू घर फर्कने उत्सुकताका साथ पर्खिरहेका छन्, आईसिआरसिका अध्यक्ष मिर्जाना स्पोलजारिकले बिज्ञप्तिमा भनिन्। “हामी सबै पक्षहरूलाई अर्को कार्यहरू सुरक्षित रूपमा हुन सक्ने सुनिश्चित गर्न आफ्ना प्रतिबद्धताहरू पालना गर्न जारी राख्न आह्वान गर्दछौं।”

प्रतिक्रिया