बेलायत। गोर्खा क्याप्रिकनमा हालै बसेको संस्थाको पूर्ण बैठकले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युकेको पाँचौ कार्यकालकालागि विभिन्न क्षेत्र र विशिस्टततालाई समेट्दै सर्वसम्मतिले कार्य समितिमा थप पदाधिकारीहरुको मनोनयन गरेको छ।
थपिएका पदाधिकारी र जिम्मेवारीमा
१. ई. विज्ञान कार्की – प्रवक्ता
२. ई. सुन्दर पण्डित – नीति तथा निर्माण संयोजक
३. ई. शत्रुधन साह – खेलकूद संयोजक
४. अर्जुन शर्मा पाण्डे – स्टुडेन्ट रिलेशन अफ़ीसर
५. ई. बिबेक ढकाल- संगीत संयोजक
६. राजन तिवारी- भाषा तथा संस्कृति संयोजक
७. ई. बिजय बिश्वकर्मा- नृत्यकला संयोजक
८. आयूशा थापा-सदस्य
९. पूनम शाही ठकुरी -सदस्य
१०. ई. बिपुल बरैली-सदस्य
११. ई. मिलन कार्की-सदस्य
१२. ई. अमन ठाकुर- सदस्य रहेका छन्।
उक्त बैठकमा संस्थाका अध्यक्ष सञ्जयभक्त कँडेल, ग्लोवल प्रतिनिधि सुशिल प्रजापति , ईनास ग्लोवल उपाध्यक्ष मनिष श्रेष्ठ , पूर्व अध्यक्ष विनोद चिपालु , ईनास युकेकी उपाध्यक्ष सबिना श्रेष्ठ , महासचिव सवेन्द्र अधिकारी , सचिव लाल शिवयोगी , कोषाध्यक्ष लालमणी भट्टराई , केन्द्रिय सदस्य अमृता पाण्डे लगाएतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया