निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई “गर्नु पर्ने काम गरिरहन” आग्रह गरेका छन् ।
इजरायल र हमास बीचको युद्ध समाप्त भएको हेर्ने आफ्नो इच्छालाई जोड दिँदै उनले नेतान्याहूलाई स्मरण गराए । दुबै पक्षलाई युद्धविराम-बन्दी सम्झौतालाई पालना गर्न भन्दै सम्झौता नतोडन दुवैलाई चेतावनी दिए ।
ट्रम्पले शनिबार एनबीसी न्यूजलाई दूरसंचार प्रणालीको माध्यमबाट दिएको अन्तर्वार्तामा उनी “छिट्टै” नेतान्याहूसँग भेट्ने योजनामा रहेको बताए । उनले नेतान्याहूलाई सम्झौता “यो समाप्त हुनुपर्छ” भनेका छन् ।
युद्धबिराम सम्झौतामा अमेरिका लगायतको अथक प्रयासबाट सम्झौतामा भएको कारण उनले संयुक्त राज्य अमेरिकाले फेरि सम्मान पाउनुपर्छ ,उनले भने । यदि उनीहरूले हामीलाई सम्मान गर्छन् भने, यो कायम रहने उनले बताए ।
सिएनएनका अनुसार ट्रम्पका आगामी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र उनका आगामी मध्य पूर्व दूत स्टीव विटकफले युद्धविराम सम्झौतालाई सहज बनाउन बाइडेन प्रशासनसँगै काम गरे, जुन भोलिदेखि लागू हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया