अमेरिकामा साहित्यकार सीता पाण्डेको एकल कविता वाचन हुने

इनेप्लिज २०८१ माघ ३ गते १०:४२ मा प्रकाशित

१५ जनवरी , वाशिङ्गटन डिसी

नेपाली साहित्यमा विगत चार दशक भन्दा बढी समयदेखि कविता, कथा, उपन्यास र निबन्ध-संस्मरण लगायतका विधामा योगदान दिँदै आउनु भएकी कवि सीता पाण्डेको एकल कविता वाचन कार्यक्रम अमेरिकाको भर्जिनियामा १ फरवरी २०२५ मा आयोजना गरिन लागेको छ ।

कवि सीता पाण्डे तीसको दशकदेखि साहित्यमा सकृय हुँदै आएकी छिन् । उनका “असजिला खुसीहरू”, “बन्धकी खुसीहरू” “सीता पाण्डेका कथाहरू”, “अन्तर्द्वन्द्व”, “यौन र अनुभूति” लगायतका कृतिहरू प्रकाशित छन् । उनका कथाहरूको अङ्ग्रेजी अनुवाद “फिवर” प्रकाशित भएको थियो र हालै यौन र अनुभूतिहरुको अनुवाद “साइलेण्ट भ्वाईसेस” प्रकाशित भएको छ ।

सन् २०१४ देखि भर्जिनिया राज्यमा विधिवत् स्थापना भएको अमेरिका नेपाल प्रतिष्ठानले सो कार्यक्रमको आयोजना गर्न लागेको हो । अमेरिका नेपाल साहित्य प्रतिष्ठानले वासु शशी जयन्ती, हरि भक्त कटुवाल जयन्ती लगायतका विविध कार्यक्रमहरूको आयोजना गर्दै आएको छ । प्रतिष्ठानले काठमाडौंमा अमेरिकी दूतावासको संलग्नतामा अमेरिकी कवि वाल्ट ह्विटम्यानमा समर्पित कवि गोष्ठी आयोजना समेत गरेको थियो ।

प्रतिक्रिया