नेपाल मेडिकल कलेजको लापरवाहीका कारण दुवै किड्नी गुमाउनु परेकी गमला गेलाल हाल न्याय र जीवनको लागि संघर्षरत छिन्। किड्नी प्रत्यारोपणपछि पनि उनको अवस्था सामान्य हुन सकेको छैन। दैनन्दिन औषधिको लागि ठूलो आर्थिक चुनौती सामना गरिरहेकी गमलाले न्यायको खोजीमा कानूनी प्रक्रियाको सामना गर्दै आएकी छिन्।
२०७६ सालमा डेलिभरीको लागि अस्पताल भर्ना भएकी गमलाको जीवन नेपाल मेडिकल कलेजमा भएको लापरवाहीका कारण सधैंका लागि बदलियो। उनको दुवै किड्नी फेल भयो । अन्ततः उनलाई किड्नी प्रत्यारोपण गर्नुपर्यो।
गमलाको प्रत्यारोपण खर्चको प्रतिवद्धता गरेको अस्पतालले पछि आफ्नो वाचा तोड्यो। अहिले गमलाको श्रीमान् खाडी मुलुकमा गएर काम गरिरहेका छन् भने गमला न्याय खोज्दै डिप्रेशनमा गएकी छिन्।
गमलाको अपिल:
गमलाको जीवनका लागि औषधि अनिवार्य छ। उनलाई दिनको तीन पटक औषधि खानुपर्ने हुन्छ, जुन अहिले उनको परिवारका लागि ठूलो आर्थिक भार बनेको छ।
सहयोगका लागि आह्वान:
पत्रकार सच्ची मैनालीले पहिलो पटक उनीसंग सच्चीको साथमा कुराकानी गरिन । उनको न्यायको आवाज बनिन र अहिले उनलाई सहयोग होस भनि फेसबुक पोष्ट मार्फत सहयोग गर्न चाहनेलाई जानकारी पनि गराएकी छिन् । उनले लेखेकी छिन् – यदि तपाईं सहयोग गर्न इच्छुक हुनुहुन्छ भने, गमलालाई सिधै सहयोग गर्न सक्नुहुन्छ। तपाईंको सानो योगदानले गमलाको जीवनलाई केही सहज बनाउन सक्छ। गमलाको न्याय र स्वास्थ्यका लागि तपाईँको सहयोग महत्वपूर्ण छ।
गमलालाई सहयोग गर्न चाहनेको लागी :
गमलाको संघर्ष र मुद्दा:
गमलाको मुद्दा संसदसम्म पुगेको भए पनि अस्पतालको लापरवाहीबारे छानबिन र न्याय दिलाउने प्रक्रिया ढिलो भएको छ। उनको सुनुवाई कतै भएको छैन । गमलाको उजुरी कानूनी प्रक्रियामा अड्किएको छ।
यो मुद्दाले नेपालको स्वास्थ्य सेवा प्रणालीको कमजोरीलाई उजागर गरेको छ। गमलाजस्तै अन्य व्यक्तिहरूको न्यायका लागि हामी सबैको एकताबद्ध सहयोग आवश्यक छ।
प्रतिक्रिया