अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा फिरोज स्याङ्गडेन एण्ड द बिट्सको प्रस्तुती हुने भएको छ । आगामी जनवरी १९ आइतबारका दिन कार्यक्रम हुने आयोजकको तर्फबाट प्रविन लामाले ईनेप्लिजलाई बताए ।
कार्यक्रम बाल्टिमोरलप फ्यामिली किचेन नामक नेपालीहरुद्वारा संचालित चमेनागृहमा हुने छन् । कार्यक्रमको टिकट दर ३० र बिशेष टिकेट(भिआईपी)को दर १०० डलर रखिएको छ ।
कार्यक्रमको आयोजक लर्ड बुद्ध इन्टरटेन्टमेन्ट रहेको छ । कार्यक्रमको दिन ढोका ७ बजे खोलिने छ । साथै स्थानीय कलाकारहरुमा क्रमस रजल लामा एण्ड ब्याण्ड (संगीत मण्डल) ,राहुल खड्की शाही ,प्राणीमा आचार्य तथा केनी शाहले फिरोज स्याङ्गडेन एण्ड द बिट्सको प्रस्तुती अगाडी प्रस्तुती दिनेछन् ।
बिस्तृत जानकारी लिन प्रविन लामा ,प्रेम कमली तथा दिनेश कमलीसँग सम्पर्क गर्न सकिने छ । यो कार्यक्रमको मुख्य प्रायोजक प्रविन भण्डारी रियल्टर(घरखरिद बिक्रि अभिकर्ता) रहेका छन् ।
कार्यक्रम स्थल : 4132 Joppa rd ,Nottingham MD 21236 मा हुने छ ।
कहिले : जनवरी १९, २०२५ आईतबार
समय : ७ बजे ढोका खुला गरिने
प्रतिक्रिया