अमेरिकी डेभिड बार्न्स रूसमा बिगत ४ बर्ष देखि हिरासतमा रहेका छन् । उनि छुट्ने कुनै संकेत देखिएको छैन । उनका परिवारले अमेरिकी विदेश विभागलाई घर ल्याउन आह्वान गरि रहेरका छन् ।
पछिल्ला केही वर्षहरूमा कैदी आदानप्रदान मार्फत इभान गेर्शकोभिच, ब्रिट्नी ग्रिनर, ट्रेभर रीड र पल व्हेलन अमेरिका फर्किएका छन् । तर डेभिड बार्न्स ४ बर्ष देखि हिरासतमा छन् । उनका जीवनसाथी पल कार्टरले हामीलाई धेरै गाह्रो छ, तर डेभिडमाथि यो अझ गाह्रो भएको छ,” कार्टरले डेभिड बार्न्सलाई उल्लेख गर्दै एबीसी न्यूजलाई भने।
हन्ट्सभिलमा हुर्केका र हालै टेक्ससमा बसोबास गर्ने ६७ वर्षीय दुई छोराछोरीका बुबा बार्न्सलाई पहिलो पटक रूसमा हिरासतमा राखिएको सोमबार तीन वर्ष भयो।
फेब्रुअरी २०२४ मा बार्न्सलाई न्यायाधीशले टेक्ससमा आफ्ना दुई छोराहरूलाई दुर्व्यवहार गरेको आरोपमा रूसी दण्ड प्रणालीमा २१ वर्षको कारागार सजाय सुनाएको थियो ।
बार्न्सको परिवार र साथीहरूले अन्य अमेरिकीहरूबाट समर्थन पाइरहेका एबिसीन्यूजले जनाएको छ । बार्न्सलाई रूस आइपुगेको केही हप्ता पछि जनवरी १३, २०२२ मा मस्कोमा हिरासतमा लिइएको थियो।
उनी आफ्ना बच्चाहरूसँग कानुनी भेटघाट स्थापित गर्नको लागि उनि रुस गएका थिए बार्न्सकी दिदी क्यारोलले एबीसी न्यूजलाई बताइन्।
प्रतिक्रिया