अमेरिकाको भर्जिनियाको स्यानटिली शहरको एक पोखरीमा गाडी डुब्दा ज्यान गुमाउने ५५ बर्षिय कर्ण खड्का तथा २० बर्षिय बिद्यार्थी निश्चल भट्ट अन्त्येष्टि खर्च जुटाउन गोफन्ड मि संचालनमा ल्याइएको छ ।
दाह संस्कारको लागि समुदायलाई सहयोगको लागि आह्वान गरिएको छ । २० बर्षिय निश्चल भट्ट आमाबुवाका एक मात्र छोरा र केवल बिद्यार्थी प्रवेशाज्ञा(भिसा)मा आएको ६ महिनामा ज्यान गुमाएका छन् । यो भन्दा दुखद समाचार केही हुनै सक्दैन ।
खड्का तथा भट्टको गत जनवरी ९ बिहीबार बिहान एउटा अतिथि गृह(होटल) बाहिरको पोखरीमा उनीहरुको निजी गाडी (कार )हिउ पोखरीमा डुब्दा दुबैको ज्यान गएको हो । प्रहरीले उनीहरुलाई गाडी सहित बाहिर निकाल्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
गो फण्ड मी गत जनवरी १० शुक्रबारका दिन गैर आवासीय नेपाली संघ भर्जिनिया तथा कुल बहादुर थापा मगरले संचालनमा ल्याएका हुन् । कूल लक्ष्य ५० हजार डलर राखिएको छ भने अहिले १७-१८ घन्टामा ९ हजार ५ सय डलर संकलन भएको छ ।
गोफन्ड मि संचालनमा जनाईए अनुसार स्व कर्ण खड्का तीन छोराछोरीको मायालु बुबा, आफ्नो परिवारको लागि शक्तिको खम्बा थिए । उनि सबैको प्रिय साथी थिए। उनको न्यानोपन, दया र उनको परिवार र समुदायको लागि अटल समर्थन सधैं सम्झना गरिने छ भनि गोफन्ड मि मा आयोजकले उनि प्रति सद्भाव प्रस्तुत गरेको छ ।
त्यस्तै गो फन्ड मि मा २० बर्षिय महत्वाकांक्षी युवा निश्चल भट्ट उज्ज्वल भविष्यको सपना बोकेर केवल छ महिना अघि मात्र विद्यार्थी प्रवेशाज्ञा (भिसा)मा अमेरिका आएका थिए । निश्चल आफ्नो परिवारको एक मात्र छोरा थिए ।
उनको असामयिक निधनले कहिल्यै भरिन नसक्ने शून्यता छोडेको छ। यो अप्रत्याशित विपत्तिले उनीहरूको परिवारलाई गहिरो शोक र भावनात्मक अशान्तिमा पारेको छ।
गो फण्ड मी मा अगाडी भनिएको छ , उनको अकल्पनीय क्षतिसँगै, परिवारहरुले अहिले ठूलो आर्थिक चुनौतीहरूको सामना गरिरहेका छन्। कर्ण खड्का र निश्चल भट्टको लागि अन्तिम संस्कार गर्न सहयोगको अपेक्षा सहित अपिल गरिएको छ ।
दुबैलाई सहयोग गर्न कृपया यहाँ थिच्नु होला :https://www.gofundme.com/f/support-nishchal-and-karnas-final-farewell?attribution_id=sl:
यो समाचार सहित ईनेप्लिजमा प्रकाशित ३ वटा अघिल्ला समाचार हेर्न यहाँ थिच्नु होला
https://www.enepalese.com/2025/01/445303.html
https://www.enepalese.com/2025/01/445298.html
https://www.enepalese.com/2025/01/445293.html
प्रतिक्रिया