अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली शहरमा गाडी पोखरीमा डुवी मृत्यु हुने २ जना मध्ये वयस्क नेपाली मूलका कर्ण खडका भएको बुझिएको छ। त्यस्तै अर्का करीव २१ बर्षकाको नाम अझै अज्ञात रहेको छ ।
फेयरफ्याक्स काउन्टीका प्रहरीले अनुसन्धान जारी राखेको छ भने विवरण सार्वजनिक गरिएको छैन।
स्रोतका अनुसार खडका ५०-६० बर्ष भन्दा माथी उमेरका हुन भने उनि जेठी छोरीसॅग भर्जिनियाको गेन्सभिल तिर बसोबास गर्ने बुझिएको छ । छोरीले पिता खडका र उनकी पत्नी ( आमा) दुवैलाई अमेरिका बोलाएका थिए । र, दुवैको स्थायी आवासिय पत्र( ग्रीन) कार्ड रहेको छ ।
स्रोतका अनुसार खडकाका छोराछोरी क्यानडा बसोबास गर्ने बुझिएको छ ।
खडका करीव ३ -४ बर्ष देखि विन्डहम होटल( अतिथीगृह) विन्गेटमा काम गर्थे ।
उनि पश्चिम बुटबल तिरका भएको र एक असल व्यक्ती भएको ईनेप्लिजलाई स्रोतले बताए।
गाडी दुर्घटना अमेरिकाको भर्जिनिया राज्यमा बिहीबार बिहान स्यानटिली शहरको एउटा अतिथी गृह(होटल )बाहिर रहेको पोखरीमा गाडि(कार) डुब्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
फेयरफ्याक्स काउन्टीका प्रहरीले सेन्टरभ्यू ड्राइभको सेन्टरभ्यू ड्राइभ( मार्ग)रहेको विन्डहम होटल( अतिथीगृह) विन्गेट नजिकै पानीमा डुबेको फेयरफ्याक्स काउन्टी प्रहरीले जनाएको छ।
दमकल र उद्धार टोलीले पोखरीमा है खोजी गर्दा दुई पुरुष मृत फेला पारेका थिए । उनीहरु डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडी कसरी र किन हिउँको पानीमा खस्यो भन्ने खुल्न सकेको छैन तर यो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
नाम नखुलेका युवकको आमाबुबा नेपालमा बसोबास गर्छन। युवावाई आजै जागिर खानको लागि मामा खडकाले ल्याएको बुझिएको छ ।
प्रतिक्रिया