अमेरिकाको न्यूजर्सी राज्यमा सम्पन्न अन्तरराष्ट्रिय ते-क्वान्दो प्रतियोगितामा नेपालका सागर गुभाजु उत्कृष्ट निर्णायक घोषित भएका छन् । गत जनवरी ४-५ का दिन न्यूजर्सीमा आयोजित २०२५ मेट्रो खुला तेक्वान्दो प्रतियोगितामा उनि उत्कृष्ट निर्णायक घोषित भएका हुन् ।
यो प्रतियोगिता अमेरिकी तेक्वान्दो बाट स्वीकृत प्राप्त अन्तर्राष्ट्रिय आधिकारिक खेल हो । उक्त प्रतियोगितामा ३० भन्दा ज्यादा रास्ट्रिय तथा अन्तररास्ट्रिय निर्णायक (रेफ्री)हरुको सहभागिता रहेको थियो ।
२०२५ मेट्रो खुला तेक्वान्दो प्रतियोगितामा ५०० भन्दा ज्यादा देशहरु फ्रान्स ,क्यानाडा ,पाकिस्तान ,कोरिया ,अमेरिका लगायतका देशहरुको सहभागिता रहेको थियो ।
गुभाजु लगायत अन्य निर्णायकहरुले पनि बिभिन्न विधामा उत्कृष्टता हासिल गरेका थिए । ४ जना मध्ये सागर पनि उत्कृष्ट निर्णायकमा परेका थिए । सागरलाई ६ महिना अगाडी बिभिन्न देशहरुमा खेल खेली पदकहरु जिती नेपालको नाम उच्च राखेको भन्दै सागरको कलालाई अमेरिकामा आघिल्लो बर्षको मे महिनामा सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया