अमेरिकाको राजधानी वाशिंगटन डिसीमा सेफवे किराना पसलका दुई कर्मचारीलाई छुरी प्रहार गर्ने धम्की दिने एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
डिसी स्थित डुपोन्ट सर्कल स्टोर(पसल)स्थित सेफवेका दुई कर्मचारीलाई छुरी प्रहार गर्ने धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् ।
किराना पसलभित्र सेफवेका दुई कर्मचारीलाई छुरा प्रहार गर्ने धम्की दिने व्यक्ति पक्राउ गरिएको एबिसी७ समाचारले जनाएको छ । उक्त व्यक्तिलाई महानगरीय प्रहरी विभागले पक्राउ गरेको जनाएको छ।
जनवरी १ राति ९:०० बजे उक्त व्यक्ति डिसी उत्तरपश्चिमको कोरकोरन मार्गको ७०० भवनसमूहमा रहेको किराना पसलमा प्रवेश गरे। कर्मचारीलाई धम्की दिएको भन्दै उनलाई यसअघि पनि यस प्रतिष्ठानबाट प्रतिबन्ध लगाइएको थियो ।
एक कामदार र एक सुरक्षाकर्मीले उनलाई बाहिर निकाल्नको लागि व्यक्तिको नजिक पुगे पछि उनले चक्कु निकालेको प्रहरीले जनाएको छ । दुबै कर्मचारीलाई छुरा प्रहार गर्ने प्रयास गरेको र लगत्तै उनी घटनास्थलबाट भागेका थिए ।
एक हप्ता पछि जनवरी ६ मा उत्तरपश्चिम डिसीका २६ बर्षिय वारन वेलकमलाई गिरफ्तार गरिएको महानगर प्रहरीले बताएको छ । उनलाई खतरनाक हतियार चक्कुले आक्रमण गरेको आरोप लगाइएको छ ।
प्रतिक्रिया