तिव्वतमा भूकम्पबाट मृत्यु हुनेको कूल १२० भन्दा ज्यादा पुग्यो,१८८ जना घाइते 

इनेप्लिज २०८१ पुष २३ गते १७:५२ मा प्रकाशित

तिव्वतमा भूकम्पबाट मृत्यु हुनेको कूल १२० भन्दा ज्यादा पुगेको छ । र ,अहिले सम्म १८८ जना घाइते भएका थन्।

मङ्गलबार बिहान तिब्बतको दुर्गम क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि छिमेकी मुलुक नेपाल, भुटान र उत्तरी भारतका केही भागमा भूकम्प जादा १२० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । 

स्थानीय समय अनुसार बिहान ९:०५ मा १० किलोमिटर (६.२ माइल) गहिराइमा ७.१  परिमाण(म्याग्निच्युड)को भूकम्प गएको थियो । 

चिनिया राज्यद्वारा सॅचालित चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी)का अनुसार भूकम्पमा परी कम्तीमा १२६ जनाको मृत्यु भएको छ ।

अन्य १८८ जना घाइते भएका छन् । ३,६०० भन्दा बढी घरमा क्षति पुगेको बताइएको छ ।

प्रतिक्रिया