न्यूयोर्कको हार्लेम डेली किराना पसलमा वादविवाद हुँदा छुराबाट हुलाक कर्मचारीको मृत्यु ,बिपरितलिङ्गी महिलाद्वारा छुरा प्रहार

इनेप्लिज २०८१ पुष २२ गते १:५३ मा प्रकाशित

न्यूयोर्कको हार्लेम डेली किराना पसलमा वादविवाद हुँदा महिलाले गरेको छुरा प्रहारबाट हुलाक कर्मचारीको मृत्यु भएको छ । न्यू योर्क शहरको हार्लेम डेलीमा ‘मौखिक विवाद’ पछि हुलाक कर्मचारीको हत्या गरिएको प्रहरीले जनाएको छ ।

पीडितलाई अस्पताल लगियो र पछि मृत घोषित गरिएको एबिसीन्यूजले जनाएको छ ।

न्यूयोर्क प्रहरी विभागका अनुसार गत बिहीबार दिउँसो न्यूयोर्क शहरको हार्लेम छिमेकमा “मौखिक विवाद” पछि कर्तव्यमा रहेका अमेरिकी हुलाक सेवाका एक कामदारलाई डेली किराना पसल भित्र छुरा प्रहार गरी हत्या गरियो ।

न्यूयोर्क प्रहरी अधिकारीहरूले १६८ लेनोक्स एभिन्यू(मार्ग )मा रहेको डेलीमा पुगे र त्यहाँ पीडितलाई भेट्टाए । उनीहरूले उनि ३६ वर्षीय अश्वेत रे हज भएको पहिचान गरे । उनको पेट, धड़, हात, ढाड र घाँटीमा धेरै पटक चक्कु प्रहार गरिएको थियो । प्रहरीका अनुसार हजलाई स्थानीय अस्पताल लगियो र पछि मृत घोषित गरियो।

पछि प्रहरीले २४ वर्षीया बिपरितलिङ्गी जाइया क्रुज नामाक महिलालाई हिरासतमा लिए। र , उनलाई दोश्रो श्रेणीको हत्याको आरोप लगाइएको प्रहरीले जनाएको छ। बिपरितलिङ्गी जाइया क्रुजलाई यस अगाडी पनि छुरा काण्डमा मुसिएकी बिभिन्न स्थानीय पत्र पत्रिकाले सामाचार लेखेका छन् ।

प्रतिक्रिया