रोचक जानकारी : पोथी बाजलाई दक्षिण अफ्रिकाबाट फिनल्याण्डसम्म यात्रा गर्न ४२ दिन लागेको सामाजिक संजालमा बेलायती महिला अन्ना डार्विनले एक रोचक वर्णन गरेकी छिन् ।
दक्षिण अफ्रिकाबाट फिनल्याण्डसम्मको यात्राको क्रममा पोथी बाजमा जिपिएस (विश्वव्यापी स्थिति निर्धारण प्रणाली)पत्ता लगाउने उपकरण जडान गरिएको थियो, जसले प्रति दिन लगभग २३० किलोमिटर यात्रा गर्यो।
उक्त प्रकाशन ( पोष्ट)मा पोथी बाज अफ्रिकी भूमि पार गर्दै उत्तरमा मरुभूमिमा नपुगुन्जेल सिधा रेखामा उडेको उल्लेख छ । त्यसपछि सुडान र इजिप्ट हुँदै नाइल नदीको बाटोतिर लाग्यो, त्यसपछि भूमध्यसागरमाथि उडान गर्नबाट जोगिएको डार्विनले लेखेकी छिन् ।
बाजले सिरिया र लेबनान पार गर्यो । बाज कालो सागरमाथि उडान बाट पनि जोगियो किनभने यदि यो तिर्खाएको भए त्यहाँको पानी पिउन सक्ने थिएन । किनभने समुन्द्रको पानी खतरनाक हुन्छ ।
पोथी बाज सिधा रेखामा आफ्नो उडान जारी राख्यो र ४२ दिन पछि फिनल्याण्ड पुगेको उनले जनाएकी छिन् ।
श्रोत : Anna Darwin अन्ना डार्विन-सामाजिक संजाल
प्रतिक्रिया