होन्डुरसकी राष्ट्रपतिद्वारा ट्रम्पलाई सामूहिक निर्वासन गरेमा अमेरिकी सैन्य सहयोग अन्त्य गर्न धम्की

इनेप्लिज २०८१ पुष २० गते १३:१० मा प्रकाशित

होन्डुरसकी राष्ट्रपति जिओमारा क्यास्ट्रोले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सामूहिक निर्वासन गरेमा अमेरिकी सैन्य सहयोग अन्त्य गर्न धम्की दिएकी छिन् ।

यस हप्ताको सुरुमा होन्डुरसका राष्ट्रपति क्यास्ट्रोले आफ्नो टिप्पणीमा ट्रम्पले प्रतिज्ञा गरेको सामूहिक निर्वासन( देश निकाला)को पालना गरेमा अमेरिकी सेनासँग उनको देशको सहयोग रोक्ने धम्की दिईन

अमेरिकी सरकार मौन रहँदा पनि होन्डुरसकी राजनीतिक तनाव उत्पन्न भएको छ।

एक राष्ट्रिय दूरदर्शन (टेलिभिजन च्यानल) मा नयाँ वर्षको दिनको भाषणमा क्यास्ट्रोले यदि ट्रम्पले ठूलो निर्वासनमा अघि बढ्यो भने होन्डुरसले अमेरिकासँग सैन्य सहयोगमा पुनर्विचार गर्ने बताइन ।

“हाम्रा दाजुभाइहरूलाई सामूहिक निष्कासनको शत्रुतापूर्ण मनोवृत्तिको सामना गर्नुपर्दा हामीले संयुक्त राज्य अमेरिकासँग विशेष गरी सैन्य क्षेत्रमा हाम्रो सहयोग नीतिहरू परिवर्तन गर्ने बारे विचार गर्नुपर्नेछ,” क्यास्ट्रोले भनिन् ।

उनले अगाडी भनिन् अमेरिकाले दशकौंसम्म होन्डुरस क्षेत्रमा १ % नतिरी आफ्नो उपस्थिति कायम राखेको छ । यदि होन्डुरसलाई सामूहिक रूपमा निष्कासन गरियो भने होन्डुरसमा उपस्थितिको कुनै कारण ह्जुने छैन । उनले ट्रम्प प्रशासन वार्ताका लागि खुला रहने आशा गरेको जनाइन ।

होन्डुरसमा मुख्य अमेरिकी सेनाको उपस्थिति राजधानी बाहिर सोटो कानो सैनिक आधार सिविर (एयर बेस)मा छ। जबकि यो होन्डुरनको अखडा हो, संयुक्त राज्य अमेरिकाले त्यहाँ १९८३ देखि एक महत्वपूर्ण उपस्थिति बनाएको छ ।

प्रतिक्रिया