नयाँ वर्षकोअवसरमा नारायणगोपालसाँझ गर्दै अनेसास डीसी

इनेप्लिज २०८१ पुष १९ गते ११:३५ मा प्रकाशित

अनेसास डीसी मेट्रो च्याप्टले जनवरीको पहिलो आइतवार सामाजिक सञ्जाल टिकटक (TikTok) मार्फत नारायणगोपासाँझ गर्ने तयारी गरेको छ । डीसी च्याप्टरका कार्यसमिति सदस्य तथा गायक दीलिप नेपालको प्रस्तुतिमा कार्यक्रम गरिने संस्थाका अध्यक्ष नीलकण्ठ सुवेदीले बताउनु भयो । हजारौँको सङ्ख्यामा समर्थक बनाउनु भएका गायक नेपालबाट स्वरसम्राट नारायणगोपालका सुमधुर तथा कालजयी गीतहरू, लक्ष्मीप्रसाद देवकोटा तथा माधव घिमिरेद्वारा रचिएका लोकप्रिय गीतहरू प्रस्तुत हुनेछन् , वरिष्ठ उपाध्यक्ष कवीन्द्र सिटौलाले जानकारी दिनुभयो । विश्वभरि छरिएर रहेका नेपालीहरूलाई भाषा, साहित्य, कलासङ्गीत र सँस्कृतिका माध्यमबाट जोड्ने र तिनको सम्वर्द्धन एवम् जगेर्ना गर्ने उद्देश्यसहित लिएर अगाडि बढिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई सबैको सहयोग आवश्यक रहेकाले यस्ता कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

आगामी आइतवार जनवरी ५ तारिख साँझ ठीक ७:०० बजे उक्त कार्यक्रम हुनेछ जसमा TikTok मा सम्बध्द रही dilipnepal73 को ID मा समावेश हुन सकिनेछ । प्रवेश निशुल्क रहनेछ । गायकको प्रस्तुति मन पराउने दर्शक श्रोताहरूबाट स्वेच्छिक रकम प्राप्त भएमा संस्थाको हितका लागि प्रयोग गरिनेछ, गायक दीलिप नेपालले बताउनुभयो ।

जगन्नाथ पौडेल

प्रतिक्रिया