राष्ट्रपति जो बाइडेनले अमेरिकाको लुजियाना राज्यको न्यू अर्लिन्स आक्रमण बारे सम्बोधन गर्दै आक्रमण बारे अनुसन्धानको जनतालाई जानकारी गराउने वाचा गरे ।
“हाम्रो राष्ट्र शोकमा छ,” राष्ट्रपतिले भने। राष्ट्रपति बाइडेन जनवरी १ बुधवार न्यू क्यासलको डेलावेयर वायु राष्ट्रिय सुरक्षा सैनिक छाउनीमा मेरिल्याण्डको लागि बिमानसेवा १ मा चढ्नु अघि पत्रकारहरुसंग कुरा गरे ।
बाइडेनले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै न्यू अर्लिन्समा भएको आतंकवादी हमलामा १५ जनाको ज्यान गएको र दर्जनौं घाइते भएको बताए ।
आक्रमणको केही घण्टा अघि संदिग्धले सामाजिक सञ्जालमा श्रब्यदृश्य (भिडियो)हरू प्रकाशित गरेको र उनी आइएसआइएसबाट प्रेरित भएको र मार्न इच्छा व्यक्त गरेको एफबीआईले बाइडेनलाई जानकारी गराएको बताए ।
“अनुसन्धान सक्रिय रूपमा जारी छ, र कोही पनि निष्कर्षमा पुग्नु हुँदैन” ,उनले भने । उनले देशलाई पूर्ण रूपमा सूचित राख्ने बताए ।
बाइडेनले पहिलो प्रतिक्रियाकर्ताहरू साथै गृह बिभाग र प्रहरी अधिकारीहरूलाई धन्यवाद दिए।
साथै बाइडेनले लस भेगासमा घटनाको पनि संक्षिप्त रूपमा सम्बोधन गरे। ट्रम्प अन्तर्राष्ट्रिय अतिथि गृह(होटल) बाहिर टेस्ला साइबरट्रक विस्फोट भएको छ ।
प्रहरी अधिकारीहरूले लस भेगास र न्यू अर्लिन्स आक्रमण बीचको कुनै सम्बन्ध छ या छैन भन्ने बारे अनुसन्धान गरिरहेको बाइडेनले बताए ।
न्यू अर्लिन्समा भीडमा आईएसआइएसको झण्डा बोकेको मालबाहक गाडी चलाउदा कूल १५ जनाको ज्यान गएको छ । प्रहरीसँगको गोली हानाहानमा ४२ वर्षीय शमसुदिन जब्बारको मृत्यु भएको छ । जब्बार अमेरिकी नागरिक र पूर्व अमेरिकी सेना थिए । उनि टेक्ससका हुन् ।
प्रतिक्रिया