स्पेनको एउटा कृषि फार्ममा जमिन मुनी गाढेर राखिएको ७ टन कोकिन फेला, ३ जना सॅदिग्धहरु पक्राउ

इनेप्लिज २०८१ पुष १५ गते १७:५७ मा प्रकाशित

स्पेनको एउटा कृषि फार्ममा जमिन मुनी गाढेर राखिएको ७ टन कोकिन फेला पारिएको प्रहरीले जनाएको छ ।

यसै सिलसिलामा ३ जना सॅदिग्धहरुलाई  पक्राउ गरिएको छ ।

 स्पेनी अधिकारीहरूले सोमबार उनीहरूले फार्म मुनि गाडिएका समुद्री मालवाहक ठूला ठूला वट्टाहरुमा लुकाइएको सात टन कोकिन  बरामद गरेक बताएका छन्।

तीन संदिग्ध तस्करहरूलाई पक्राउ गरेका छन भने कोकिन राखिएको पुरियाहरु पनि जफत गरिएको छ ।

नागरिक सुरक्षा प्रहरीले शुक्रबार गुआडलक्विभिर नदीको मुखमा दुईवटा शंकास्पद डुगा फेला पारेपछि कारवाहा सुरु गरेको बताएको छ ।

डुङ्गाहरू सेभिल शहरको दक्षिणमा कोरिया डेल रियोको नगरपालिकाको ग्रामीण क्षेत्रमा पत्ता लगाईएको थियो। 

संदिग्धहरूले भूमिगत लुकाईएका दुई ढॅवागहरुमा लागू औषधहरु भण्डारण  गरेका थिए।

 प्रहरीले दक्षिणी स्पेनमा डुगाबाट तस्करी भएको सबैभन्दा ठूलो कोकिन बरामद भएको बताएको छ।

प्रतिक्रिया