टेक्सस र मिसिसिपीमा आएको घुम्रपात (टोर्नाडो)को कारण कम्तीमा २ जनाको मृत्यु,कम्तिमा १०० घरहरु क्षतिग्रस्त

इनेप्लिज २०८१ पुष १४ गते १३:३८ मा प्रकाशित

टेक्सस र मिसिसिपीमा आएको घुम्रपात (टोर्नाडो)को कारण कम्तीमा २ जनाको मृत्यु भएको छ । उक्त घुम्रपात कम्तिमा १०० घरहरु क्षतिग्रस्त भएको सिबिएसन्यूजले जनाएको छ ।

गत शनिबार टेक्सस र मिसिसिपीमा धेरै घुम्रपात (टोर्नाडो)का कारण कम्तीमा दुई जनाको मृत्यु र धेरै जना घाइते भएका अधिकारीहरुले बताएका छन् ।

घुम्रपात (टोर्नाडो)ले घरहरूलाई क्षति पुर्‍याएको छ भने सवारी साधनहरु पल्टाएको छ।

ह्युस्टनको दक्षिणमा रहेको लिभरपूल क्षेत्रमा एक व्यक्तिको मृत्यु भएको छ भने चार जनालाई गम्भीर चोटपटक लागेको ब्राजोरिया काउन्टी शेरिफको कार्यालयका प्रवक्ता म्याडिसन पोल्स्टनले बताए ।

उनले दिएको जानकारी अनुसार अहिलेसम्म १० घर क्षतिग्रस्त भएको र क्षति भएको निर्धारण गर्न काम गरिरहेका छन् । त्यस्तै दक्षिणपश्चिमी मिसिसिपी शहर नाचेजमा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।

राष्ट्रिय मौषम सेवाका अनुसार दुई वटा घुम्रपात (टोर्नाडो )नजिकैको दक्षिणपश्चिमी मिसिसिपी शहर बुद र ब्रान्डन वरपर आएकोले धेरै भवनको छाना उडाएका छन् ।

ह्युस्टनको उत्तरमा अवस्थित मोन्टगोमेरी काउन्टीका उपप्रमुख जेसन स्मिथले सीबीएस न्यूजलाई रुख र बिजुलीका खम्बाहरू ढलेकोले ५० देखि १०० घरहरू क्षतिग्रस्त भएको बिधुतिय डाक (इमेल) मार्फत बताए । स्मिथले कम्तिमा दुई जनालाई अस्पतालमा भर्ना गरिएको जनाए ।

क्याटी र पोर्टर हाइट्सको मोन्टगोमेरी काउन्टी समुदायहरूमा घुम्तीघरहरू क्षतिग्रस्त वा नष्ट भएका छन । त्यस्तै अग्नी नियन्त्रणका ढोकाहरू उडाइएको मौसम सेवाले जनाएको छ ।

घुम्रपातका कारण ह्युस्टनको दुई मुख्य विमानस्थलहरु शनिबार दिउँसो एक घण्टाभन्दा बढी ढिलो प्रस्थान गर्यो । गत शनिबार रातिसम्म मिसिसिपीमा १ लाख ११ हजार भन्दा बढी ग्राहकहरू र लुजियाना ६१,००० ग्राहकहरू बिजुलीविहीन भएका थिए।

प्रतिक्रिया