दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिद्वारा साताव्यापी शोकको घोषणा

इनेप्लिज २०८१ पुष १४ गते १२:५४ मा प्रकाशित

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले साताव्यापी शोकको घोषणा गरेका छन् ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ-मोकले मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनापछि आइतबार अर्थात् डिसेम्बर २९ देखि जनवरी ४ सम्म एक साताव्यापी शोकको घोषणा गरेका छन्।

उनले देशभर १७ वटा स्मृति यज्ञकुण्ड (अल्टर )स्थापना गरिने बताए । दक्षिण कोरियाले राजनीतिक संकटको सामना गरिरहेको बेला एकताको लागि आह्वान आएको हो।

दुई दिन अघि मात्र संसदले प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपति हान डक-सूलाई महाभियोग गर्न मतदान गरेको थियो । राष्ट्रपति यून सुक येओलले सैनिक कानून छोटो अवधिको घोषणा गरे पछि उनि बिरुद्ध महाभियोग लगाई हटाईएको थियो ।

प्रतिक्रिया