पूर्वी साइबेरियामा ५० हजार बर्ष पुरानो प्राचीन लोप भएको बच्चा हात्तीको शव फेला

इनेप्लिज २०८१ पुष ११ गते १:०८ मा प्रकाशित

पूर्वी साइबेरियामा ५० हजार बर्ष पुरानो प्राचीन लोप भएको बच्चा हात्तीको शव फेला परेको छ । खोज अनुसन्धानकर्ताहरूको लागि ठूलो वरदान भएको वैज्ञानिकहरूले बताएका छन् ।

पूर्वी साइबेरियामा ५०,००० वर्षसम्म पूर्ण रूपमा संरक्षित रहेको एउटा शव बच्चा म्यामथ( हात्ती)लाई वैज्ञानिकहरूको टोलीले अनावरण गरेको छ।

पूर्वी साइबेरियाको याकुत्स्कमा रहेको नर्थ-इस्टर्न फेडरल युनिभर्सिटी( संघिय बिश्वबिद्यालय)को लाजारेभ म्यामथ म्युजियम ल्याबोरेटरी( संग्रहालय प्रयोगशाला)का शिक्षाध्यक्ष अनातोली निकोलाभले भने, वैज्ञानिकहरू यसको असाधारण संरक्षणबाट सबै आश्चर्यचकित भएका वैज्ञानिकहरूका लागि यो लुप्त सानो हात्ती एउटा अद्वितीय अनुसन्धान खोज थियो।

मृत हात्तीको टाउको, कान र मुखमा कुनै चोटपटक नदेखिएको उनले बताए । हात्ती विश्वमा सबैभन्दा राम्रो संरक्षित छ,नेफुका वैज्ञानिकहरूले सोमबार एक छापा विज्ञप्तिमा भने।

रुसको पूर्वी साइबेरियामा फेला परेको याना नदीको बेसिन(जलासय )मा “याना” भनेर नाम दिइएको बच्चा हात्तीको शव सोमबार अनुसन्धानकर्ताहरूले अनावरण गरेका हुन् । यो विश्वभर फेला परेको सातौं शिशु हात्तीको शव हो । अरु छ वटा रुसमा र एउटा क्यानडामा पाइएका छन् ।

शव हात्ती ४ फिट अग्लो , तौल करिब ४०० पाउण्ड र ६.६ फिट भन्दा कम लामो भएको प्रेस विज्ञप्तिमा जनाईएको छ । रुसी सरकारी संचार माध्यम टासका अनुसार बटागा गाउँका स्थानीय बासिन्दाहरूले यो खोज गरेको हो।

प्रेस विज्ञप्ति अनुसार यो म्यामथ ( हात्ती)मरेको बेला करिब एक वर्षको भएको अनुमान गरिएको छ। यद्यपि, हात्ती र तिनीहरूको बरफ युगको वातावरणको अध्ययनमा विशेषज्ञता राख्ने लाजारेभ म्यामथ संग्राहालय प्रयोगशालाका वैज्ञानिकहरूले यो जनावरको मृत्यु हुँदा कति वर्षको थियो भन्ने कुरा पुष्टि गर्न थप परीक्षणहरू गरिरहेका छन्।

तिनीहरू रूसी संघका अन्य क्षेत्रहरूका आनुवंशिक अनुसन्धानकर्ताहरूसँग यानाको जीवन र वातावरणको बारेमा थप पत्ता लगाउन सहयोग गरिरहेका छन्।

एनबिसीन्यूजका अनुसार सन् २०२० मा साइबेरियाको उत्तर-पूर्वी भाग याकुतियामा वैज्ञानिकहरूले लगभग ३२ हजार वर्ष पुरानो बिरालोको अंश पत्ता लगाएका थिए । अर्को वर्ष, २०२१ मा, अन्वेषकहरूले सोही क्षेत्रमा ४४,००० वर्ष पुरानो ब्वाँसोको अवशेष फेला पारेका थिए ।

प्रतिक्रिया