अमेरिकाका नेपालीहरुले क्रिसमस पूर्वसन्ध्या र क्रिसमस यसरी मनाए , मनाउने क्रम जारी

इनेप्लिज २०८१ पुष १० गते २१:३० मा प्रकाशित

अमेरिकाका विभिन्न राज्यहरुमा नेपालीहरुले धुमधाम क्रिसमस पूर्वसन्ध्या (इभ) र क्रिसमस(इसाई पर्व) मनाएका छन् । अमेरिकाका लगभग ५० वटै राज्यहरुमा नेपालीहरुको बसोबास रहेको छ । बिभिन्न राज्यहरुमा कही १ घण्टा। ,कही २ घण्टा र कही ३ घण्टा सम्म फरक हुनाले मनाउने क्रम जारी छ ।

जस्तो देश उस्तै भेष भने झैँ । बिश्व भरि सर्वाधिक मनाइने इसाईहरुको सवार्धिक ठूलो चाड भएकोले अमेरिका आएका अधिकांश नेपाली समुदायले यो पर्व मनाउने गर्छन ।

अमेरिकामा अहिले ३ पुस्ते परिवारहरु प्रसस्त भेटिने हुनाले हजुरबुवा/हजुरआमा/बुवा/आमा तथा नाती/नातिनीहरु सबैले हर्सोउल्लास साथ मनाएका छन् ।

झन् दोश्रो पुस्ता तथा यतै जन्मिएका बालबालिकाहरुले अझ उत्साहजनक रुपमा मनाउने गर्छन । किनभने उनीहरु यतैका प्राथमिक ,माध्यमिक बिद्यालयहरुमा अध्ययन गर्ने हुनाले उनीहरु अझ यसमा रमाउने गर्छन ।

अमेरिकामा आएका पहिलो पुस्ताहरु आफ्ना सन्तानहरुहरुका लागि पनि मनाउनु पर्ने हुनाले उनीहरुलाई साथ दिदै मनाउने गर्छन । अमेरिकाका विभिन्न राज्यहरुमा गिर्जाघर (चर्च)मा समेत नेपाली पादरी(पास्चर)हरु भएकोले उनीहरुले समेत नेपाली समुदायलाई आमन्त्रण गर्ने गर्छन ।

साथै अमेरिकामा रहेका थुप्रै नेपालीहरुले धर्म परिवर्तन गरि इसाई धर्म अंगालेको कारण उनीहरुले अझ यसलाई सबै भन्दा ठूलो पर्वको रुपमा मनाउने गर्छन ।

(क्रिसमस) संसारभरिका मानिसहरूको मनपर्ने चाडमध्ये एक हो, जसलाई सबै उमेरका व्यक्तिहरूले ठूलो हर्ष र उल्लासका साथ मनाउँछन्। धेरैका लागि, क्रिसमस केवल एउटा चाड होइन, बरु एक प्रिय परम्परा हो जसले परिवार र समुदायलाई एकजुट गर्दछ।

क्रिसमसको उत्पत्ति येशू क्रिस्टको जन्मसँग जोडिएको छ, जसका कारण यो विशेष चाड ईसाई धर्मावलम्बीहरूका लागि धार्मिक महत्त्व राख्दछ। यो चाड २५ डिसेम्बरमा मनाइन्छ र येशूको जन्मलाई सम्मान गर्नका लागि तय गरिएको हो। क्रिसमसको इतिहास र विकासमा धार्मिक र सांस्कृतिक परम्पराहरूको मिश्रण देखिन्छ। ईसाई धर्मका अनुयायीहरूको लागि यो एक अवसर हो जसमा उनीहरूले येशूको जीवन र शिक्षाहरूको उत्सव मनाउँछन् र माया, शान्ति र सबैप्रति सद्भावना का मूल्यहरूलाई जोड दिन्छन्।

आजकल यो चाड विश्वभरका विभिन्न संस्कृतिका मानिसहरूले हर्ष र उल्लासका साथ मनाउँछन्। क्रिसमससँग जोडिएका थुप्रै परम्पराहरू—जस्तै उपहारहरूको आदानप्रदान, क्रिसमस रूख सजावट, र क्रिसमस गीति गाउने गर्छन । नेपाली समुदायहरुले पनि उपहार साटासाट गरेका छन् ।

क्रिसमसको सबैभन्दा पहिचानयोग्य चिन्ह क्रिसमसको रूख हो। परम्परागत रूपमा, मानिसहरूले आफ्नो घरमा र सार्वजनिक स्थानमा यी रूखहरूलाई बत्ती र अन्य चीजले सजावट गरिन्छ । जसले चाडको समयमा घरमा उष्मा र खुशी ल्याउँछ।

उपहार दिनु पनि क्रिसमसको एक प्रमुख परम्परा हो। आजकाल, मानिसहरू एक अर्कामा उपहारहरू सन्देशको रूपमा आदान प्रदान गर्छन् जसले साँचो मायाको र कृतज्ञताको भावना व्यक्त गर्छ। उपहारको महत्त्व यसको भौतिक मूल्यभन्दा बढि यसको अर्थ र भावना हो।

क्रिसमसको समय संगीत, खानेकुरा र परिवारको जमघटको पनि समय हो। क्रिसमस गीति गिर्जाघर (चर्च), घर र सडकमा गाइन्छ। परिवारहरूमा प्राय विशेष परिकारहरूको भोजन बनाइन्छ ।

सान्टा क्लस जसलाई सेंट निकोलस वा फादर क्रिसमस पनि भनिन्छ। क्रिसमसको अर्को प्रतीक बन्न पुगेको छ। परम्परागत कथा अनुसार सान्टा क्लस क्रिसमसको बेलुका संसारभरिका बच्चाहरूलाई उपहार दिन्छ ।

क्रिसमस एक यस्तो पर्व र समय हो जसले व्यक्तिहरूलाई एक अर्कासँग जोड्ने र माया प्रदर्शन गर्ने अवसर प्रदान गर्दछ। क्रिसमसमा मानिसहरू आफ्नो परिवार र साथीहरूसँग खुशी मनाउँछन् ।

क्रिसमस पर्व मात्र हैन ,गरीब र असहायहरूको सहयोग गर्ने एक अवसर पनि हो।

सारांशमा, क्रिसमस एक चाड हो जसको महत्व समयको साथ अझ झन् झन् विस्तार हुदै गएको छ। यो केवल एक धार्मिक पर्व मात्र होइन, बरु यसले सबै मानिसलाई एकजुट गर्ने , खुशी र माया बाँड्ने एक स्मृति उत्सवको रूपमा आकार लिएको छ।

प्रतिक्रिया