म्रो नयनको कुरकुरे रमझम
तिम्रो बेमतलबी छुकछुके हाँसो
तिम्रो सल्सालाउँदो
केशको आलस्यपन
कदापि भुल्दिन म
जब सम्म जीवित रहन्छु
जब सम्म जीवित रहन्छु।
तिमीले मेरो हात
आफ्नो हातबाट छुटाउँदा
तिमीले आफ्नै छायाँ देखेर बाटो मोड्दा
तिमीले छोडेर जाने बेला
एक झलक मतिर नफर्किदाको
क्षण तिमीलाई माफ गर्न सक्दिन म
जब सम्म जीवित रहन्छु
जब सम्म जीवित रहन्छु।
वर्षातमा तिमीले मुटुको
ढुकढुकी सुनेर नाच्दा
बातैपिछे यत्तिकै तिमी रिसाउँदा
बच्पनका सानासाना
तिम्रा बदमाशीहरुसँग
मोहब्बत गर्छु म
जब सम्म जीवित रहन्छु
जब सम्म जीवित रहन्छु।
तिम्रा झूटा कसम र वाचासँग
तिम्रा प्रज्वलित सपनाहरुसँग
तिम्रा अक्षम्य प्रार्थनासँग
नफ्रत गर्छु म
जब सम्म जीवित रहन्छु
जब सम्म जीवित रहन्छु।
(यो गुलजारको कविता ‘जब तक है जान’ को शाब्दिक अनुवाद हो।)
प्रतिक्रिया