दिल्लीमा साहित्य समारोह कार्यक्रम भव्यताका सम्पन्न

वीरेन्द्र रावल २०८१ पुष ९ गते २०:१६ मा प्रकाशित

दिल्ली , पुष ८ ।

प्रवासी नेपाली संघ भारत केन्द्रीय समिति भारतको आयोजनामा भारतको दिल्लीमा डिसेम्वर २१÷२०२४ का दिन साहित्य समारोह कार्यक्रम भव्यताका सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका उपमहासचिव पुर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञावली रहेका थिए ।

साहित्य समारोह कार्यक्रममा विभिन्न शिर्षक माथि छलफल भएको छ । उक्त छलफलमा भारतमा अध्यनरत नेपाली विध्यार्थीहरूका प्रतिनिधि भारतमा कार्यरत नेपाली उद्योगी व्यावसायीहरू, बौद्धिक व्याक्तित्वहरू भारत स्थित नेपाली दुतावासका प्रतिनिधि हरू नेपालका लागि भारतीय पुर्ब राजदूत मनबिरसिह पुरि लगाएका बिभिन्न संघसंस्थाका जानकारहरू र प्रवासी नेपाली समुदायका जनसंगठनका प्रतिनिधीहरू बाट सुझावहरू प्रस्तुत भएको थियो ।

उक्त कार्यक्रम बाट नेपाल भारत साहित्य सम्बन्धः इतिहास वर्तमान र भविष्य भारतमा रहेका आम प्रवासी नेपालीहरूका समस्याहरू र समाधानका उपायहरू प्रवासी नेपाली आन्दोलनमा महिलाहरूको भूमिका भारतमा रहेका नेपाली उद्यमी व्यवसायीहरूका चुनौती र अवसरहरु भारतमा रहेका नेपाली विद्यार्थीहरूको अवस्था र प्रवासी नेपाली आन्दोलनमा उनीहरूको भूमिका र भारतमा रहेका प्रवासी नेपाली बुद्धिजिविहरू र उहाँहरु मर्फत प्रवासी नेपाली आन्दोलनका सन्दर्भमा आजको भूमिका कस्तो हुने भन्ने सम्बन्धमा प्रस्ट हुनलाई महत्वपूर्ण सहयोग पुगेको छ ।

उक्त कार्यक्रममा सहभागी बन्न प्रवासी नेपाली संघ भारत केन्द्रीय समिति र केन्द्रीय सल्लाहकार परिषदका सदस्यहरू ११ वटै राज्यका पदाधिकारीहरू कलाकार भाईबैनी हरू भारतका विभिन्न राज्यहरू को प्रतिनिधित्व गर्दै यो कार्यक्रम लाई सफल पार्न सबैले आ–आफ्नो ठाँउबाट महत्पूर्ण भुमिका खेलेका थिए ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया