न्यूयोर्क शहरको भूमिगत रेलगाडी(सबवे रेल)मा एक पुरुषले आगो लगाउदा एक महिला यात्रुको मृत्यु भएको छ ।
न्यूयोर्क शहरको भूमिगत रेलगाडीमा आइतबार बिहान एक पुरुषले आगो लगाउदा एक महिला यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहान ७:३० बजे करिब २५ देखि ३० वर्षको उमेर भएको एक व्यक्ति एफ रेलमा पीडित महिलाको नजिक पुगे र घटनास्थलबाट भाग्नु अघि जानीजानी उनलाई आगो लगाएको न्यूयोर्क प्रहरी बिभागका अस्टिन ग्लिकम्यानले सिएनएनलाई भने।
न्यूयोर्कको स्टिलवेल एभिन्यू भूमिगत चौकी (सबवे स्टेशन)मा नियमित गस्ती गरिरहेका प्रहरी अधिकारीहरूले आगो लागेको निभाउन प्रयास गरे, ग्लिकम्यानले भने।
प्रहरी अधिकारीहरूले आगो निभाए र उनीहरुले आकस्मिक चिकित्सा सेवामा बोलाए । उनीहरुले महिलालाई त्यही मृत घोषित गरे ।
प्रहरीले घटनालाई हत्याको रूपमा अनुसन्धान गरिरहेको छ । शंकास्पद व्यक्तिलाई सक्रिय रूपमा खोजि जारी राखेको छ। प्रहरीका अनुसार संदिग्ध पुरुष करिब ५ फिट ६ इन्च भएको ग्लिकम्यानले भने। पीडितको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनामा अन्य यात्रु वा पहिलो जवाफ दिने व्यक्ति घाइते नभएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया