युक्रेनको राजधानी कीभमा शुक्रबार बिहानै रुसी क्षेप्यास्त्र आक्रमण, १ जनाको मृत्यु र ९ जना घाइते

इनेप्लिज २०८१ पुष ५ गते ११:४१ मा प्रकाशित

युक्रेनको राजधानी कीभमा शुक्रबार बिहानै रुसी क्षेप्यास्त्र आक्रमण भएको अमेरिकी राजदुत ब्रिजेट ए ब्रिङ्कले बताएका छन् । उनले यसलाई क्रूरको संज्ञा दिएका छन् ।

रूसी क्षेप्यास्त्र आक्रमणमा शुक्रबार बिहान एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएका युक्रेनी अधिकारीहरूले बताए ।

युक्रेनलाई थप हवाई रक्षा प्रणाली चाहिने युक्रेनको रक्षा मन्त्रालयले बताएको छ ।

“आज बिहान रुसले राजधानीमा प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक) मिसाइल आक्रमण गर्‍यो, जसमा एक नागरिकको मृत्यु भयो र शहर वरिपरि भग्नावशेष भएको तथा आगलागी भयो,” ब्रिङ्कले सामाजिक संजाल मार्फत एक विज्ञप्तिमा भने।

ब्रिङ्कले अगाडी भने संयुक्त राज्य अमेरिका र यसका साझेदारहरूले “यी क्रूर आक्रमणहरूको प्रतिक्रियामा” देशलाई “सुरक्षा सहायता र ऊर्जा सहयोग” बढाइरहेका छन्।

आक्रमण पछि पहिलो प्रतिक्रियाकर्ताहरू सडकहरूमा आगो निभाई रहेका छन्। धेरै अग्लो भवनहरू क्षतिग्रस्त भएका थिए। शहरका कम्तिमा चार जिल्लामा भग्नावशेष खसेको कीभका नगर प्रमुख भिटाली क्लिट्स्कोले टेलिग्रामको सन्देश अनुप्रयोग (मेसेजिङ एप)मा भने।

आक्रमणले शहरको दक्षिणपश्चिमी होलोसिभ्स्की जिल्लामा रहेको तताउने(हिटर-वातानुकूलन) मुख्य उपकरणमा क्षति पुर्‍याएपछि दर्जनभन्दा बढी चिकित्सा स्थलहरू सहित ६०० भन्दा बढी भवनहरू तातोविहीनभएका छन् । साथै बिद्यालय र १३ वटा शिशु बिद्यालय (किन्डरगार्टेन)हरू पनि शुक्रबार बिहानै हिटर (उपकरण)क्षति भए पछि तातोबिहिन रहेका थिए ।

रुसले गत महिना युक्रेनभरि ऊर्जा पूर्वाधारलाई लक्षित गरी धेरै हवाई आक्रमणहरू गरेको थियो।

प्रतिक्रिया