बेपत्ता भएका अमेरिकी सिरियामा फेला परेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
एबिसीन्यूजका अनुसार सामाजिक संजालमा प्रसारित एक श्रब्यदृश्य( भिडियो)मा देखिएका एक व्यक्ति ट्राभिस पीट टिमरम्यान हुन सक्ने जनाएको छ । जो वर्षको सुरुमा हंगेरीबाट बेपत्ता भएका थिए। यस विषयमा परिचित दुई अधिकारीहरूले एबीसी न्यूजलाई यो जनाकारी दिएको समाचारमा उल्लेख छ ।
अधिकारीहरूका अनुसार उनीहरूले उक्त व्यक्तिलाई सहयोग प्रदान गर्न खोजिरहेको देखिएको छ । बिहीबार सामाजिक संजाल (सोशल मिडिया)मा प्रकाशित श्रब्यदृश्यमा उक्त व्यक्ति देखिएका छन । छोटो श्रब्यदृश्यमा ती व्यक्ति बोल्दैनन् र भुइँमा गद्दामा सुतेको देखिन्छ।
उनको अन्तिम सम्पर्क मिति र मिजौरी राज्य राजमार्ग गस्तीका अनुसार २९ वर्षीय टिमरम्यान जुन २,२०२४ देखि बेपत्ता रहेका छन् ।
यो श्रब्यदृश्य कहिले र कहाँ खिचिएको हो भन्ने तुरुन्तै स्पष्ट भएको छैन । तर अरबी भाषामा बोल्ने व्यक्तिले उक्त व्यक्तिलाई अमेरिकी हो भनेर पहिचान गरेकोदेखिन्छ ।
प्रतिक्रिया