न्यू जर्सी राज्यका सिनेटरद्वारा रहस्यमय मानव रहित यान (ड्रोन) दृश्य देखे पछि सीमित आपतकालिन अवस्था घोषणा गर्न आह्वान गरेका छन् ।
हालैका हप्ताहरूमा न्यु जर्सीमा मानव रहित यान (ड्रोन)हरू उडिरहेको देखिएको थियो ।
न्यूजर्सीका रिपब्लिकन राज्य सिनेटर जोन ब्राम्निकले मंगलबार एक विज्ञप्तिमा भनेका छन् ,न्यु जर्सी राज्यले सबै मानव रहित यान (ड्रोन)हरूलाई प्रतिबन्ध लगाउने सीमित आपतकालीन अवस्था जारी गर्नुपर्छ।
हालसालैका हप्ताहरूमा न्यू जर्सीभरि धेरै मानव रहित यान (ड्रोन) दृश्यहरू आकाशमा देखिए पछि उनलाई खबर आएको थियो । मानव रहित यान(ड्रोन)हरू सामान्यतया प्रयोग गर्ने भन्दा ठूला रहेको अधिकारीहरू र प्रत्यक्षदर्शीहरूले बताए ।
न्यु जर्सीका २१ शहरका नगर प्रमुखहरूले गभर्नर फिल मर्फीलाई एउटा पत्र लेखेर रहस्यमय मानव रहित यान (ड्रोन)माथि कारबाही गर्न माग गरेका छन्।
प्रतिक्रिया