सिरियाली विद्रोही नेताले विदेशी मुलुकले सिरियासँग युद्ध हुन्छ कि भन्ने बिषयमा डराउनु नपर्ने बताएका छन् ।
सिरियाका राष्ट्रपति बसर अल-असदलाई अपदस्थ गर्ने सेनाका नेताले सिरिया अर्को युद्धको लागि “तयार नभएको” भन्दै विदेशी सरकारहरूले देशमा के हुनेछ भनेर चिन्तित हुनुहुँदैन भनेका छन्।
सरकारलाई पराजित गर्ने गठबन्धनका प्रमुख इस्लामवादी समूहका नेता मोहम्मद अल-जोलानीले गत मंगलबार सिरियाको राजधानी डमास्कसमा पत्रकारहरूलाई विदेशी मुलुकहरूले अनावश्यक डराउनु हुँदैन ,उनले भने ।
“डर शासनको उपस्थितिबाट थियो; अहिले शासन समाप्त भएको छ,’ जोलानीले भने। ‘देश विकास र पुनर्निर्माणको दिशामा अघि बढिरहेको छ । यो स्थायित्वतर्फ जाँदैछ।”
“जनताहरू युद्धबाट थकित छन् त्यसैले देश अर्को युद्धको लागि तयार छैन र यो अर्को युद्धमा जानेवाला छैन,” जोलानीले थपे। “हाम्रो डरको स्रोत इरानी मिलिशिया, हेजबुल्लाह शासनबाट थियो जसले आज हामीले देखिरहेका नरसंहारहरू गरेका थिए।”
प्रतिक्रिया