ट्रम्पद्वारा किम्बर्ली गिलफोयललाई ग्रीसका लागि राजदूतमा मनोनित

इनेप्लिज २०८१ मंसिर २६ गते २:३५ मा प्रकाशित

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले किम्बर्ली गिलफोयललाई ग्रीसका लागि अमेरिकी राजदूतमा मनोनीत गरेका छन् । गिलफोयल फक्स न्यूजकी पूर्व कार्यक्रम प्रस्तोता हुन् ।

“धेरै वर्षदेखि, किम्बर्ली नजिकको साथी र सहयोगी भएकी छन् ,” ट्रम्पले एक विज्ञप्तिमा भने। “उनको बृहत् अनुभव र कानून, संचार र राजनीतिमा नेतृत्वको साथमा उनको तीक्ष्ण बुद्धिले उनलाई संयुक्त राज्यको प्रतिनिधित्व गर्न र विदेशमा अमेरिकाको हितको रक्षा गर्न उच्च योग्य बनाउँछ।”

उनको यो पद पनि सिनेटले अनुमोदन गर्न आवश्यक पर्नेछ ।

गिलफोयलले घोषणा पछि सामाजिक सञ्जालमा यस्तो लेखिन ,म ग्रीसका लागि अर्को राजदूतको रूपमा काम गर्न राष्ट्रपति ट्रम्पको मनोनयन स्वीकार गर्न पाउँदा सम्मानित छु र म अमेरिकी सिनेटको समर्थन प्राप्त गर्न तत्पर छु।”

“राजदूतको रूपमा, म ट्रम्पको कार्यसूची पूरा गर्न, हाम्रा ग्रीक सहयोगीहरूलाई समर्थन गर्न र शान्ति र समृद्धिको नयाँ युगको सुरुवात गर्न तत्पर छु,” उनले सामाजिक संजालमा लेखेकी छिन् ।

५५ वर्षीया गिलफोयल चुनावी रातमा ट्रम्प परिवारसँग मंचमा देखा परेकी थिइन् । उनले ट्रम्पको राष्ट्रपति अभियानका लागि पैसा जुटाउन अमेरिका भरि देश गरिन । जुलाईमा सम्पन्न रिपब्लिकन सम्मेलनमा बोलेकी थिइन् ।

फक्सन्यूजमा फर्कनु अघि उनि सुरुमा क्यालिफोर्नियामा एक अभियोजकको रूपमा सेवा गरेकी थिइन् । उनले दुई पटक सम्बन्धविच्छेद गरेकी छिन्।

प्रतिक्रिया