पेन्सिलभेनियाका गभर्नरले भने संदिग्ध “कुनै नायक होइन” नायक त म्याकडोनाल्ड्सबाट ९११ मा प्रहरीलाई खबर गर्ने नायक हुन्

इनेप्लिज २०८१ मंसिर २५ गते २:२० मा प्रकाशित

पेन्सिल्भेनियाका गभर्नर जोश शापिरोले युनाइटेड हेल्थकेयरका प्रमुख कार्यकारी अधिकारी (सीईओ) ब्रायन थम्पसनको हत्यामा संलग्न संदिग्ध लुइगी मङ्गिओन नायक नभएको बताएका छन्।

“अमेरिकामा, हामी नीतिगत मतभेदहरू समाधान गर्न वा दृष्टिकोण व्यक्त गर्न मानिसहरूलाई मार्दैनौं,” शापिरोले सोमबार राती मङ्गिओनको अदालतमा उपस्थित भएपछि पत्रकार सम्मेलनमा भने।

“उनी कुनै नायक होइनन्,” शापिरोले भने। “यस कथाको वास्तविक नायक त्यो व्यक्ति हो जसले आज बिहान म्याकडोनाल्डसबाट ९११ मा दूरवार्ता (फोन) गर्यो,” उनले थपे।

प्रतिक्रिया