एसविआइ बैंकद्धारा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कर्णाली चिसापानीलाइ सामग्री सहयोग प्रदान

वीरेन्द्र रावल २०८१ मंसिर २४ गते २२:५४ मा प्रकाशित

लम्की,कैलाली । नेपाल एसविआई बैंक टीकापुर शाखाले नेपाल राष्ट्रिय कर्णाली माध्यामिक विद्यालयलाइ दुई लाखभन्दा बढीको सामग्री सहयोग गरेको छ ।

आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखाले कैलालीको लम्की चुुहा नगरपालिका वडा नम्बर ३ कर्णालि चिसापानीमा रहेको विद्यालय चिसापानीलाई दुई लाख बढीको सामग्री सहयोग गरेको हो ।

उक्त विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई दुई सय ५५ वटा स्टेशनरी सहित झोला १८ जोडा ज्याकेट सहयोग गरेको जनाइएको छ ।

कार्यक्रममा बैंकका कर्मचारी जनप्रतिनिधी र विद्यालयका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सहयोग सामग्री लिएर विद्यालय पुुगेका नेपाल भारत एस विआई बैंक विश्वका सिइयो दिपक दे ले यो विद्यालयलाई सामग्री सहयोग गर्न पाउदा आफुुलाई खुुसि लागेको बताए । साथै उनले ३० वटा देशमा एस विआई बैंकका प्रमुुख शाखाहरु रहेको र विश्वका २० टप बैंकहरुमा आफनो स्थान ओग्टन सफल रहेको एस विआ इ बैंकले सामाजिक उत्तरदायित्वका कामहरुलाई पनि निरन्तरता दिदै आएको बताए ।

विश्वभरीमा एसविआइ बैंकका ५० करोड भन्दा बढी कस्टमर रहेको बताए । साथै उनले नेपालका १ सय ३० स्थानमा एस विआइ बैंकका शाखाहरु रहेको बताउदै प्रत्यक शाखाले हरेक वर्ष आ–आफनो क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको पनि सि ई ओ दिपक देले जानकारी गराए ।

कार्यक्रमका प्रमुुख अतिथी लम्कीचुुहा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष लवबहादुुर शाहीले एस विआइ बैंकलाई सर्वप्रथम हार्दिक आभार प्रकट गरे ।

अध्यक्ष शाहीले बैंक भन्ने बित्तिकै लोन लिने र ब्याज दिने सोच्नेहरुका लागि बैंकले सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्ने गरेको बताए ।

कार्यक्रमा बोल्दै विद्यालयका प्रधानाध्यापक जंगबहादुुर तारामीले विद्यालयमा थुुप्रै समस्याहरु रहेको र अव फिल्ड ब्यवस्थापनका लागि दातृ निकायहरु समक्ष आफनो आवाज पुुगााइदिन अनुुरोध गरे ।

एस विआइ बैंक सुुदुुरपश्चिम प्रदेशका प्रमुुख सन्तोष कुुमार भण्डारीले समाज भित्र रहेर एस विआइ बैंकले सेवा प्रदान गर्दै आएको र निश्चित मुुनाफबाट केहि प्रतिशत बैंकले प्रत्यक वर्ष विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको जानकारी दिए ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया