सिरियाको सरकारी दूरदर्शन(टेलिभिजन)ले असद शासनको पतन भएको घोषणा गरेको छ । बशर अल-असदले देश छोडेको विश्वास गरिएको छ ।
सिएनएनका अनुसार सिरियाली विद्रोहीहरूले सिरियाली सरकारी दूरदर्शन (टिभी)लाई नियन्त्रणमा लिएको जनाएको छ । दूरदर्शन( च्यानल)ले बशर अल-असद शासनको पतनको घोषणा गर्ने सन्देश चलाउन नियमित कार्यक्रम तोडेको छ।
क्रान्तिकारी र देशभक्तिपूर्ण संगीतको साथमा, “महान सिरियाली क्रान्तिको विजय र आपराधिक असद शासनको पतन” घोषणा गरिएको छ ।
“हामी महान सिरियाली जनतालाई सार्वजनिक र निजी सम्पत्तिहरूको रक्षा गर्न आह्वान गर्दछौं,” सरकारी दूरदर्शन (टिभी)मा अर्को सन्देश पढिएको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया