विद्रोही सेनाहरू सिरियाको राजधानी डमास्कसमा प्रवेश गरेको एक निवासीले बताएको सिएनएनले जनाएको छ । असद शासनको प्रतिरक्षा ध्वस्त हुने संकेत देखिएको सिएनएनले उल्लेख गरेको छ ।
“विद्रोहीहरू बार्जेहमा छन्,”डमस्कस शहर भित्रको छिमेकमा । त्यहाँका बासिन्दाले सीएनएनलाई बताए अनुसार त्यहाँ हाल झडपहरू भइरहेको छ ।
“मैले विद्रोही लडाकुहरू बार्जेहको भित्री गल्लीहरूबाट प्रहरी कल्ब गल्ली तर्फ सर्दै गरेको देखें। मैले झडपको धेरै चर्को आवाज सुनेको छु । बिजुली काटिएको छ। अन्तर्जाल ( इन्टरनेट) एकदम कमजोर छ, मानिसहरू आफ्नो घरमा बसिरहेका छन्।
सैन्य रूपमा डमास्कस पतन भएको विद्रोहीहरूको अग्रिमसँग परिचित स्रोतले सिएनएनलाई बताएको समाचारमा उल्लेख गरेको छ । राष्ट्रपति बसर अल-असदलाई खोज्दै रातभरि डमास्कस प्रवेश गरेको तर उनलाई फेला पार्न असफल भएको सिएनएन जनाएको छ ।
विशेष विद्रोही गुप्तचरहरु डमास्कस प्रवेश गरेका छन् र “रणनीतिक स्थानहरूमा” प्रमुख स्थानहरू लिइरहेका छन्। विद्रोहीहरूले उनीहरू असद शासनका वरिष्ठ व्यक्तिहरुसँग सम्पर्कमा रहेको र उनि देश छोड्ने विचार गरिरहेको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया