बिश्व कै सम्राट राज्य न्यूयोर्कमा दुई किशोरहरुले अंग्रेजी नबोल्ने बताएपछि उनीहरु माथि छुरा प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने अर्का किशोर घाइते भएका छन् ।
अङ्ग्रेजी बोल्न सक्छौ भनेर सोध्दा सक्दिन भनि जवाफ दिए पछि आप्रवासी किशोरको मृत्यु भएको न्यूयोर्क प्रहरी बिभागले जनाएको छ । प्रहरी अधिकारीहरूका अनुसार दुई आप्रवासी किशोरहरूको न्यूयोर्क शहरमा छुरा प्रहार भएको छ ।
अधिकारीहरूले दिएको जानकारी अनुसार तीन जना पुरुषहरू गत बिहिबार साँझ ७ :४० बजेतिर किशोरहरूको नजिक आएका थिए। बिहीबार राति जब एक जना पुरुषले किशोरहरूलाई अंग्रेजी बोल्छौ भनि सोधे । जब किशोरहरूले आफूले बोल्न नसक्ने भने पछि उनीहरूमाथि आक्रमण भएको प्रहरीले बताए ।
तल्लो म्यानह्याटनमा आक्रमण भएको हो । प्रहरीलाई खबर गरे पछि त्यहाँ आई पुग्दा उनीहरूले छातीमा चक्कुको घाउ भएको एक १७ वर्षीय पुरुष र बायाँ हातमा चक्कुको घाउ लागेको एक १८ वर्षीय पुरुष भेट्टाए।
आकस्मिक चिकित्सा सेवाहरूले दुवै किशोरहरूलाई अस्पताल पुर्याएका थिए । १७ वर्षीय पुरुषको नाम येरेमी कोलिनोको भएको र उनको चोटको कारण मृत्यु भएको छ । र ,१८ वर्षीय पुरुषको अवस्था स्थिर अवस्थामा रहेको प्रहरी विभागले जनाएको छ ।
बाँचेका पीडितले आफूलाई पेच कस (स्क्रू ड्राइभर)ले प्रहार गरेको विश्वास गरेको प्रहरीले जनाएको छ। घटनास्थलमा एउटा चक्कु बरामद भएको प्रहरीले जनाएको छ। तीनै जना अभियुक्त दौडेर भागेका थिए । हाल सम्म कोही पक्राउ परेका छैनन् र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया