पेन्सिलभेनियाको जमिन भासिएको खाल्डो(सिङ्कहोल)मा खसेकी हजुरआमाको शव फेला

इनेप्लिज २०८१ मंसिर २२ गते १२:४० मा प्रकाशित

पेन्सिलभेनियाको जमिन भासिएको खाल्डो(सिङ्कहोल)मा खसेकी हजुरआमाको शव फेला पारिएको प्रहरीले बताएको छ । एलिजाबेथ पोलार्ड नामक बृद्ध महिला शुक्रबार बिहान शव फेला परेको अधिकारीहरूले बताएका छन्।

खाल्डो(सिङ्कहोल)मा खसेकी हजुरआमाको शव पेन्सिल्भेनियाको उहिले परित्याग गरिएको कोइला खानीमा खसेकी ६४ वर्षीया एलिजाबेथ पोलार्डलाई शुक्रबार फेला पारिएको अधिकारीहरूले बताएका छन्।

पोलार्डलाई शुक्रबार बिहान करिब १० बजे खानीमा फेला परेको वेस्टमोरल्याण्ड काउन्टी मृत्यु समीक्षक टिम कार्सनले एबीसी न्यूजलाई पुष्टि गरे। उनको शव शवपरीक्षण (पोस्टमार्टम)का लागि अस्पतालमा लगिने र मृत्युको कारण पत्ता लगाउने उनले बताए ।

पिट्सबर्गबाट ​​करिब ४० माइल दक्षिणपूर्वमा रहेको युनिटी उपनगर (टाउनशिप)मा गत मंगलबार पोलार्ड परिवारका सदस्यले हराएको खबर गरेपछि चुनौतीपूर्ण उत्खनन सुरु भएको थियो । उनको बिरालो खोज्न बाहिर निस्केपछि उनि हराएकी थिइन् ।

उनी खाल्डोको मूल स्थानबाट करिब १२ फिटको दूरीमा अवस्थित थिइन् । पोलार्ड अन्तिम पटक सोमबार साँझ देखिएकी थिइन् । उनी बेपत्ता भएको केही घण्टा पछि उनको गाडी मंगलबार बिहान ३ बजे भन्दा पहिले उनको ५ वर्षीया नातिनी भित्र सुरक्षित फेला परेकी थिइन् ।

प्रहरीले पोलार्डको खोजीका क्रममा बिहीबार पत्रकारहरूलाई बिरालो फेला नपरेको बताए । पोलार्डको परिवारले पनि बिरालो नदेखेको उनले बताए ।

पेनसेलभेनिया राज्यको वातावरण संरक्षण विभागका अनुसार यो खानी अन्तिम पटक सन् १९५२ मा सञ्चालनमा आएको थियो। यस क्षेत्रमा कोइला खानीको गहिराई करिब २० फिट रहेको विभागका प्रवक्ताले बताए ।

प्रतिक्रिया