न्यूयोर्कमा युनाइटेड हेल्थकेयरका प्रमुख कार्यकारी अधिकारी(सीईओ) ब्रायन थम्पसनको हत्याका संदिग्ध अझै बेपत्ता नै रहेका छन् । उनको चौथो दिन पनि खोजी जारी व्यापक गरिएको छ । अहिले उनको खोजीको लागी अमेरिकाभरि व्यापक पारिएको छ ।
पछिल्लो जानकारी अनुसार उनको पछाडी भिर्ने झोला फेला परेको छ भने सार्वजनिक यातायातबाट न्यूयोर्क छोडेको प्रहरीले बताएको छ ।
थम्पसनको हत्याराको खोजी अब चौथो दिनमा प्रवेश गरेको छ । प्रहरी अधिकारीहरूले आक्रमण गर्नु अघि उनको गतिबिधिहरु थप जान्न थालेका छन्।
प्रहरीका अनुसार संदिग्ध व्यक्तिले १७८ औं स्ट्रीट(गल्ली )बाट बस बिसौनीमा भाडाको गाडी (ट्याक्सी )लिएको र गोलाबारी पछि न्यूयोर्क शहर बाहिर बस(यात्रीयान )मा चढेका थिए ।
संदिग्ध हत्यारा नोभेम्बर २४ मा बसबाट न्यु योर्क शहरमा प्रवेश गरेका थिए । उनि बस बिसौनीमा राति ९ बजे आएको देखिएको छ । उनि चढेको गाडी एटलान्टाबाट हिडेको तर तर संदिग्ध कहाँ चढेका थिए भन्ने थाहा नभएको एबिसीन्यूजले जनाएको छ ।
आक्रमण गर्नु अघि उनी न्यूयोर्क शहरमा १० दिन रहेका थिए । एफबीआईले अब संदिग्धको लागि राष्ट्रव्यापी खोजीमा सहयोग गरिरहेको छ ।
प्रहरीले अझै शंकास्पद व्यक्तिको नाम नखुलेको स्रोतले जनाएको छ ।
प्रहरी अधिकारीहरूले संदिग्धले बोकेको पछाडी भिर्ने झोला र शंकास्पद चीजहरू बरामद गर्न सक्षम भएका छन् । उक्त झोला न्यूयोर्कको सेन्ट्रल पार्कमा शुक्रबार साँझ झोला फेला परेको थियो।
संदिग्ध व्यक्तिले गोली चलाउनु अघि झोला बोकेको तर गोली हानिएको १५ मिनेट पछि बिधुतिय दुई चक्र बाहनमा चढेको अर्को श्रब्यदृश्यमा झोला नदेखिएको समाचारमा उल्लेख छ ।
न्युयोर्क हिल्टन अतिथी गृह बाहिर बुधबार बिहान ६:४४ मा मुखौटा लगाएर थम्पसनलाई पछाडीबाट गोली चलाएका थिए । थम्पसन आफ्नो कम्पनीको लगानीकर्ता सम्मेलनको लागि जाँदै थिए।
अनुसन्धानकर्ताहरूले अपराध स्थलमा वा नजिकै फेला परेका प्रमाणका धेरै टुक्राहरूबाट डिएनए नमूनाहरू प्राप्त गर्न सक्षम भएको कानून प्रवर्तन स्रोतहरूले एबीसी न्यूजलाई बताए।
प्रहरीले स्टारबक्समा संदिग्ध व्यक्तिले किनेको पानीको सिसीबाट औठाछाप (फिंगरप्रिन्ट) निकाल्न पनि सक्षम भएको छ तर मुद्रण ( प्रिन्ट )धमिलो भएकोले यो कत्तिको उपयोगी हुनेछ भन्ने स्पष्ट नभएको एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया