भर्जिनियामा दुर्घटनामा ज्यान गुमाएका बिबेक सुबेदी र सुरेश के.सी.तथा घाइते मेहुल श्रेष्ठको सहयोगार्थ फेयरफ्याक्समा ज्वाई साहेब देखाइने ,समुदायलाई सहभागिताको लागि आह्वान

इनेप्लिज २०८१ मंसिर २१ गते २:४१ मा प्रकाशित

भर्जिनियामा सवारी साधन दुर्घटनामा ज्यान गुमाएका बिबेक सुबेदी र सुरेश के.सी.तथा घाइते मेहुल श्रेष्ठको सहयोगार्थ फेयरफ्याक्समा ज्वाई साहेब देखाइने भएको छ । आयोजकले सम्पूर्ण समुदायलाई सहभागिताको लागि आह्वान गरेका छन् ।

चलचित्र देखाइने भएता पनि त्यसलाई फन्ड रेजिंग च्यारिटी शो अर्थात् कोष वृद्धि परोपकार प्रदर्शन राखिएको छ । यो प्रदर्शनबाटआउने सम्पूर्ण रकम छुडुस्टोर डटकम तथा यो अभियानको अग्रपंतीमा काम गरिरहनु भएका योगेश श्रेष्ठलाई हस्तान्तरण गरिने जनाईएको छ ।

साथै प्रदर्शनको लागी लाग्ने सम्पूर्ण खर्चहरु आयोजकले गर्ने छ । नेपाली चलचित्र ज्वाई साहेब प्रदर्शन भर्जिनिया राज्यको फेयरफ्याक्स स्थित सिनेमा आर्ट्स थेटर ( चलचित्र मन्दिर )मा हुने छ ।

बिस्तृत जानकारी लिन भरत सुबेदी ,सफल बानिया तथा भरत बराईलीलाई सम्पर्क गर्न सकिने छ ।

कहिले : December 8 (डिसेम्बर ८,२०२४ )
समय : साझ ४:३० बजे
कहा : Cinema Arts Theaters
9650 Main st. , Fairfax, VA 22031
For ticket: www.xudustore.com

प्रतिक्रिया