न्युयोर्कबाट डेल्टा बिमानमा पेरिस लुकेर पुगेकी महिलालाई न्यूयोर्क फर्केपछि एफबीआईले पक्राउ गरेको छ ।
रूसी लुकीछिपी उडानमा पस्ने महिलालाई अब फ्रान्सको डेल्टा उडानमा लुकेको आरोप लगाइएको छ । ५७ वर्षीया स्वेतलाना डालीलाई न्यूयोर्क फर्केपछि एफबीआईले पक्राउ गरेको हो ।
न्युयोर्कबाट पेरिसका लागि डेल्टा एयरलाइन्स(बिमानसेवा)को उडानमा लुकेको आरोपमा रुसी महिलालाई हवाईजहाजमा जानाजानी गोप्य राखेको आरोप लगाइएको छ।
डालीलाई न्यूयोर्क फर्किएपछि गत बुधबार डिसेम्बर ४ का दिन एफबीआईले पक्राउ गरेको हो । उनी बिहीबार डिसेम्बर ५ का दिन पहिलो पटक अदालतमा उपस्थित भएकी थिइन् ।
उनको पहिलो उपस्थितिमा न्यायाधीशले दिउँसो २ बजेसम्म हिरासतमा राख्न अस्थायी आदेश जारी गरे। उनलाई हवाईजहाज भित्र प्रवेश पत्र( बोर्डिङ पास)नदिई शरीर जाँच गरी विमानमा चढेकी एबिसीन्यूजले जनाएको छ ।
“डेल्टा कर्मचारीहरु टिकट प्राप्त यात्रुहरूलाई चढ्न मद्दत गर्न व्यस्त थिए, तिनलाई विमानमा चढ्नु अघि पनि बोर्डिङ पास (प्रवेश पत्र )पेश गर्न आग्रह गरेनन्,” उजुरीमा भनिएको छ।
विमान फ्रान्स जाँदै गर्दा उनिसँग टिकट नभएको पत्ता लगाए । उनी फर्किएपछि एफबीआईसँगको अन्तर्वार्तामा डालीले लुकेर गएको स्वीकार गरिन । उनले आफ्नो आचरण गैरकानूनी भएको थाहा पाएको पनि बताइन् ।
प्रतिक्रिया