ट्रम्पद्वारा एफबीआई निर्देशकमा नियुक्त गरिएका काश पटेल इरानी साइबर(साङ्गणिक) आक्रमणमा

इनेप्लिज २०८१ मंसिर १९ गते १२:०९ मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा एफबीआई निर्देशकमा नियुक्त गरिएका काश पटेल इरानी साइबर(साङ्गणिक) आक्रमणमा परेको एबिसीन्यूजले जनाएको छ । एबिसीन्यूजले इरानी साइबर आक्रमणमा उनि परेको स्रोतहरूले बताएको भनि समाचार प्रकाशित गरेको छ ।

ट्रम्पले गत शनिबार साँझ पटेललाई मनोनयन गरेका हुन् । परिचित दुई स्रोतहरूका अनुसार एफबीआईको निर्देशक पदमा मनोनीत पटेललाई मंगलबार इरानको साइबर आक्रमण भएको मानिन्छ।

निर्वाचित राष्ट्रपति ट्रम्पले शनिबार आफ्नो लामो समयको सहयोगी पटेललाई एफबीआई निर्देशक क्रिस्टोफर रेलाई बर्खास्त गर्ने योजना घोषणा गरेपछि मनोनयन गरेका हुन् । पटेल वर्षौंदेखि ट्रम्पको कट्टर समर्थक हुन् र उनको पहिलो प्रशासनमा धेरै भूमिकामा काम गरेका थिए।

“काश पटेल आतंकवादी इरानी शासनको बिरूद्ध ट्रम्प प्रशासनको पहिलो प्रयासको प्रमुख हिस्सा थिए र एफबीआई निर्देशकको रूपमा अमेरिकालाई विरोधीहरूबाट जोगाउन राष्ट्रपति ट्रम्पको नीतिहरू लागू गर्नेछन्,” ट्रम्प संक्रमणका प्रवक्ता एलेक्स फिफरले बताए ।

प्रतिक्रिया