दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले सैनिक कानुन (मार्शल ल )हटाएका छन् । अहिले उनको राजिनामा माग गरेका छन् । राजिनामा नगरेमा महाअभियोग लगाइने सांसदहरुले आवाज उठाएका छन् ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले लगाएको सैनिक कानुन सांसदहरूले सर्वसम्मतिले उनको आदेशलाई अस्वीकार गरेपछि हटाएका छन् । तत्कालै उनको मन्त्रिपरिषद्को मतदानबाट सैनिक कानुन (मार्शल ल )हटाउने प्रस्ताव स्वीकृत भएको थियो।
युन ले आफ्नो देशलाई छ घण्टासम्म अशान्तिमा ल्याएपछि अचानक मार्सल लको घोषणा र सेना परिचालन गरेपछि बुधबार बिहान पछि हटेका छन्।
मङ्गलबार अबेर रातिको दूरदर्शन (टिभी) सम्बोधनमा आफूले पदभार ग्रहण गरिरहेको घोषणा गरेको करिब १५५ मिनेटपछि राष्ट्रव्यापी विरोधको सामना गर्दै युनले त्यसो गरे।
दक्षिण कोरियाको संसदका सदस्यहरू राष्ट्रिय सभा भवनमा पुगे र ३०० मध्ये १९० जना उपस्थित भए । उनीहरूले तुरुन्तै युनलाई आफ्नो आदेश हटाउन माग गर्दै प्रस्ताव पारित गरे ।
युनले बुधबार बिहान करिब ४ः३० बजे भने, ‘मैले राष्ट्रिय सभाले भंग गर्ने र मार्सल ल हटाउन गरेको निर्णयलाई स्वीकार गरेको छु ।
दक्षिण कोरियाको विपक्षी डेमोक्र्याटिक दलनेताले राष्ट्रपति युन सुक येओलले मार्शल लको घोषणा गरेकोमा “देशद्रोहको आरोपबाट बच्न नसक्ने बताए ।
पार्क चान-डेले दक्षिण कोरियाली राष्ट्रपतिलाई “तुरुन्तै पद त्याग” गर्न आग्रह गरे। उनको यो कदमलाई सबै पक्षका सांसदहरूले निन्दा गरेका थिए।
दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले मार्सल ल घोषणालाई देशको संसदले अवरुद्ध गर्ने निर्णय गरेपछि ह्वाइट हाउसले राहत प्रकट गरेको छ।
दक्षिण कोरियाको विपक्षी डेमोक्र्याटिक दलले राष्ट्रपति युनले तत्काल राजीनामा नदिए उनि विरुद्ध महाभियोगको प्रक्रिया सुरु गर्ने बताएको छ ।
“हामी चुपचाप बस्ने छैनौं र राष्ट्रपति युनको संविधानलाई नष्ट गर्ने र लोकतन्त्रलाई कुल्ची गर्ने अपराध हेर्ने छैनौं,” डेमोक्र्याटिक दलले बिज्ञप्तिमा जनाएको छ । “राष्ट्रपति युनले तत्काल स्वेच्छाले राजीनामा दिनुपर्छ।”
प्रतिक्रिया