दक्षिण कोरियाका राष्ट्रपतिद्वारा आपतकालिन सैनिक कानुनको  घोषणा 

इनेप्लिज २०८१ मंसिर १८ गते १५:१२ मा प्रकाशित
Screenshot

दक्षिण कोरियाका राष्ट्रपतिद्वारा आपतकालिन सैनिक कानुनको  घोषणा गरेका छन्।

 दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार अबेर  सम्बोधनमा देशको प्रमुख विपक्षी दललाई उत्तर कोरियाप्रति सहानुभूति र राज्य विरोधी गतिविधिको आरोप लगाउँदै मार्शल ल( सैनिक कानुन)कोमघोषणा गरेका हुन्।

युनले के विशेष उपायहरू लिइने बारे नबताएको सिएनएनले जनाएको छ ।

उनले संसदमा बहुमत भएको विपक्षी डेमोक्रेटिक दलले शीर्ष अभियोजकहरूलाई महाभियोग लगाउन र सरकारी बजेट प्रस्ताव अस्वीकार गर्ने प्रस्तावलाई उद्धृत गरे। 

युनले विपक्षीका कार्यहरूलाई “विद्रोहलाई उक्साउने उद्देश्यले स्पष्ट राज्य विरोधी व्यवहार” को सॅज्ञा दिए।

यी कार्यहरूले राज्यको मामिलालाई पक्षाघात पारेको छ र राष्ट्रिय सभालाई अपराधीहरूको अड्डामा परिणत गरेको दावी गरे।

प्रतिक्रिया