इजरायल रक्षा बलले एक अमेरिकी-इजरायली बन्धकको मृत्यु भएको पुष्टी

इनेप्लिज २०८१ मंसिर १७ गते ११:२८ मा प्रकाशित

इजरायल रक्षा बल(इजरायल डिफेन्स फोर्स(ले एक अमेरिकी-इजरायली बन्धकको मृत्यु भएको पुष्टी गरेको छ ।

सोमबार पुष्टि गर्दै हमासले अक्टोबर ७,२०२३ मा दक्षिणी इजरायलमा गरेको आक्रमणमा मारिनेहरूमा बेपत्ता भएका २१ बर्षिय अमेरिकी-इजरायली सैनिक ओमेर म्याक्सिम न्युट्रा थिए।

आक्रमणको क्रममा न्युट्रालाई गाजामा हमासले बन्धक बनाएको विश्वास गरिएको थियो। तर आइडीएफले सोमबार उनलाई अक्टोबर ७ मा भएको आक्रमणमा मारिएको र उनको शव हमासहरूले लगेको बताएको छ।

न्यूट्रा मूल रूपमा न्यूयोर्कका हुन् । हमासको आक्रमणको समयमा ७ औं वाहिनीको ७७ औं गणमा बख्तरबन्द सेनापतिको रूपमा सेवा गरिरहेका थिए। आक्रमणमा मारिएका सयौं सुरक्षाकर्मीमध्ये उनी पनि थिए।

न्युट्राका अभिभावकहरूले अमेरिकामा बन्धक रिहाइ सम्झौताको लागि अभियान चलाउँदै आएका छन् ।

प्रतिक्रिया