अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस बन्दरगाहमा एसियाबाट पठाईएका ३ हजारभन्दा बढी नक्कली बिधुतिय गिब्सन गितार बरामद गरिएको छ ।
अधिकारीहरूका अनुसार अमेरिकी भन्सार र सीमा सुरक्षा जासुसहरूले लस एन्जलस-लङ्ग बीच बन्दरगाहमा एशियाबाट पठाइएका ३,०००भन्दा बढी नक्कली गिब्सन इलेक्ट्रिक गिटार(बिधुतिय गितार)हरू बरामद गरेको बताएका छन्।
यदि गिटारहरू प्रामाणिक भएको भए तिनीहरूको मूल्य १ करोड ३० लाख डलर(१८ मिलियन )हुने थियो ,अमेरिकी भन्सार तथा सीमा सुरक्षाले एक विज्ञप्तिमा जनाएको छ । एजेन्सीले गिब्सनले गितारहरू नक्कली भएको पुष्टि गरेको बताएको छ।
१८९४ मा स्थापित भएको बिश्वप्रसिद्ध गिब्सन गितार अमेरिकाको टेनेसी राज्यको नाशभिलमा निर्माण हुन्छ ।
अधिकारीहरूले मंगलबार कब्जाको घोषणा गरे तर गितारहरू कहिले कब्जा गरिएको ,तिनीहरू कुन देशबाट आएका थिए वा कसले बनाएका थिए भन्ने कुरा जानकारी नदिएको एबिसीन्यूजले जनाएको छ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा, अमेरिकी गृह बिभाग (होमल्याण्ड सेक्युरिटी) तथा लस एन्जलस काउन्टी सेरिफ विभागले अनुसन्धान जारी राखेको छ ।
बौद्धिक सम्पत्ति उल्लङ्घन गर्नु एक अपराध हो जसको परिणाम २५०,००० डलर जरिवाना तथा १० बर्ष सम्म कैद सजाय हुन सक्छ।
प्रतिक्रिया