बन्दुकधारीहरूद्वारा लिबियामा आप्रवासीहरूको डुङ्गाबाट दर्जनौं महिला र बालबालिका अपहरण

इनेप्लिज २०८१ मंसिर १४ गते २३:३९ मा प्रकाशित

दुई वटा द्रूत गतिमा रहेका बन्दुकधारीहरूले लिबियामा आप्रवासीहरूको डुङ्गाबाट दर्जनौं महिला र बालबालिकालाई अपहरण गरेका छन्।

सहायता समूहका अनुसार भूमध्यसागर पार गर्न खोजेका करिब ११२ आप्रवासीहरू बोकेको लिबियाको तटबाट निस्कन थालेपछि दुई वटा तीब्र गतिमा आएका सशस्त्र पुरुषहरूले महिला र बालबालिकालाई लिएर भागेको मानवीय सहायता समूहले शुक्रबार जनाएको छ।

भीडभाड भएको सानो डुंगामा सवार दर्जनौं पुरुष र युवाहरु समुद्रमा हाम फालेको एपिले जनाएको छ। रक्षा समूहको डुङ्गा जियो बेरेन्ट्समा बिहीबार अन्तर्राष्ट्रिय जलक्षेत्रमा घटनास्थलमा आइपुगेको थियो ।

जसले ८३ वटा पुरुष र साथमा रहेका नाबालिगहरूलाई उद्धार गरेको थियो । जसमध्ये ७० जनालाई समुद्रबाट निकालिएको थियो।

सिबिएसन्यूजका अनुसार एउटा स्पीडबोट(तिब्रडुंगा)ले २४ जना महिला र चार बालबालिकालाई बोकेको थियो । हतियारधारी को थिए र महिला र बालबालिकालाई के भएको थियो भन्ने तत्काल स्पष्ट हुन सकेको छैन ।

उद्धार गरिएका आप्रवासीहरू इरिट्रिया, यमन र इथियोपियाका थिए। आन्तरिक मन्त्रालयको तथ्याङ्कअनुसार यो वर्ष हालसम्म ६२ हजारभन्दा बढी आप्रवासी समुद्री मार्गबाट ​​इटाली पुगेका छन् । त्यो २०२३ मा सोही अवधिमा आइपुगेका १५२,००० भन्दा ठूलो गिरावट हो।

यस वर्ष खतरनाक मध्य भूमध्यसागर पार गर्ने प्रयासमा २,१२४ आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्र संघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनका अनुसार, बसाईसराईको क्रममा मृत्युमध्ये झण्डै ६० प्रतिशत डुबेर ज्यान जाने गरेको जनाएको छ । इटालियन प्रधान मन्त्रि जर्जिया मेलोनीको अति दक्षिणपन्थी नेतृत्वको सरकारले इटालीमा बसाइँसराइलाई कम गर्ने उद्देश्यले नयाँ नीतिहरू अपनाएको छ।

प्रतिक्रिया