रुसद्वारा युक्रेनमा व्यापक मानवरहित यान तथा क्षेप्यास्त्रहरु ऊर्जा केन्द्रमा प्रहार,खार्किभमा २३ जना घाइते भएको र ४१ भवनमा क्षति

इनेप्लिज २०८१ मंसिर १३ गते १३:१७ मा प्रकाशित

रुसद्वारा युक्रेनमा व्यापक मानवरहित यान तथा क्षेप्यास्त्रहरु ऊर्जा केन्द्रमा प्रहार गरेको छ । युक्रेनका ऊर्जा मन्त्रीले आपत्कालीन विद्युत बन्द भएको बताएका छन्।

युक्रेनी अधिकारीहरूले सोमबार रातिसम्म खार्किभमा २३ जना घाइते भएको र ४१ भवनमा क्षति पुगेको दाबी गरेका छन्। युक्रेनका सबै क्षेत्रहरू बिहीबार बिहानै हवाई हमलाको खतरा घन्टी बजाईएको थियो । रुसले लामो दूरीको मानव रहित यान (ड्रोन) र ऊर्जा ग्रिड अर्थात् बिद्युत तारको गुच्छा बिरुद्ध आक्रम गरेको छ ।

लगभग १० लाख मानिसहरूलाई विद्युत्विहीन भएको बताइएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमा करिब १०० वटा मानव रहित यान (ड्रोन) र ९० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको बताए । उनले अगाडी भने यस्ता प्रत्येक आक्रमणले प्रमाणित के गर्छ भने युक्रेनमा अहिले वायु रक्षा प्रणाली आवश्यक छ । त्यस्ता उपकरण भएमा जीवन बच्ने बताए ।

“यो विशेष गरी जाडोमा महत्त्वपूर्ण छ, हामीले हाम्रो पूर्वाधारलाई लक्षित रूसी हमलाहरूबाट जोगाउनु पर्छ,” जेलेन्स्कीले भने। युक्रेनको वायुसेनाले रुसले ९१ वटा क्षेप्यास्त्र प्रहार गरेको जसमध्ये ७९ वटा खसालेको बताएको छ । रुसले पनि ९७ ड्रोन प्रक्षेपण गरेको वायुसेनाले बताएको छ, जसमध्ये ३५ वटा खसालेका छन् र ६२ वटालाई तटस्थ गरिएको छ।

रूसी संघले सबै नेटो देशहरूको संयुक्त तुलनामा १० गुणा बढी क्षेप्यास्त्रहरू उत्पादन गर्दछ, र एक चौथाईले उत्पादन बढाउने रुसी राष्ट्रपति भाल्दिमिर पुटिनले बताएका छन् ।

युक्रेनी राजधानीमा नौ घण्टाभन्दा बढी समय सतर्कता अपनाएको प्रशासनले जनाएको छ । “कीभलाई धम्की दिने सबै क्षेप्यास्त्र र मानवरहितहरू नष्ट गरियो,” टेलिग्राममा बताईएको छ ।

यसैबीच रुसी रक्षा मन्त्रालयले रुसको चार क्षेत्र र कब्जा गरेको क्रिमियामा २७ युक्रेनी ड्रोन खसालेको जानकारी दिएको छ।

प्रतिक्रिया