हेजबुल्लाहले आफूले जितेको दाबी गरेको छ । इजरायलको ‘महत्वाकांक्षा’ सामना गर्न ‘पूर्ण रूपमा तयार’ रहने बताएको छ।
हेजबुल्लाहले “१३ महिना भन्दा बढी” इजरायल विरुद्धको युद्ध जारी राखेको र “भ्रमकारी शत्रुमाथि विजय हासिल गर्न सफल भएको” भनेको छ । युद्धविराम घोषणा भए देखिको पहिलो विज्ञप्तिमा बिजयी भएको जनाएको छ ।
“इजरायली भूमिगत कारवाहीको अवधिमा शत्रु सेनाको अग्रपंक्तिको पहिलो पंक्तिको कुनै पनि शहरमा कब्जा तथा स्थापना गर्ने प्रयास सफल भएन र उनीहरूले सैन्य र सुरक्षा मध्यवर्ती क्षेत्र (बफर जोन )स्थापना गर्न सफल भएन” जुन इजरायलले आशा गरेको थियो,हिजबुल्लाहले एक विज्ञप्तिमा भन्यो।
हेजबुल्लाह “इजरायली शत्रुको महत्वाकांक्षासँग लड्न पूर्णतया तयार रहनेछ” र “सिमाना बाहिर दुश्मनको सेनाको गतिबिधि र फिर्तालाई पछ्याउन , लेबनानको सार्वभौमिकताको रक्षा ,आफ्नो जनताको गरिमा र सम्मानको लागि जारी राख्ने छ, हेजबुल्लाहद्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया